- संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । बेलका नगरपालिका–९ भचुवाकी २० वर्षीया युनिसा खत्रीको हत्या गरेको आरोपमा उनका श्रीमान २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

बिहीबार बिहान खाना खाएर बेलका–६ मा रहेको जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमा उनीहरु घाँस काट्न गएका थिए । सोही क्रममा पौडेलले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेको जानकारी पौडेल आफैले गराएका थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!