- संगालोखबर सम्वाददाता


काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै बनेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । आज अपरान्ह प्रधानमन्त्रीलाई भेटेर उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।

सबै मन्त्रीहरू गएर सामूहिक रुपमा राजीनामा बुझाइएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले जानकारी दिए ।

Advertisement

एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुमार राई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी मन्त्रिपरिषदमा सहभागि थिए ।

आज दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । सरकार गठनका बेला गत पुस १० गते भएको सहमति विपरित नेकपा माओवादीले गठबन्धन तोड्दै राष्ट्रपति निर्वाचनका लागि कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!