धनकुटामा चट्याङ्ग लागेर दुई जना घाइते, दुई घरमा आगो लाग्यो, चार चौपाया मरे

धनकुटामा चट्याङ्ग लागेर दुई जना घाइते, दुई घरमा आगो लाग्यो, चार चौपाया मरे

धनकुटा । धनकुटामा बुधबार अपरान्ह बर्षासँगै परेको चट्याङ्ग लागेर दुई जना घाइते भएका छन् । चार वटा चौपाया मरेका छन् भने चट्याङ्ग पर्दा विद्युत सर्ट भई दुई वटा घरमा आगो लागेको छ । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा चट्याङ्ग लागेर एक/एक जना घाइते भएको र महालक्ष्मीमा चट्याङ्गले घरमा आगो लागेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार अपरान्ह करिब ४ः३० बजे चट्याङ...
डाले घाँस काट्दा करेन्ट लागेर एक जनाको मृत्यु

डाले घाँस काट्दा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–४ राईसिङ टोलमा आज डाले घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पुष्टबहादुर कडरीया छन् । बिहान करिब ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढेर डाले घाँस काट्ने क्रममा विद्युतको तार छोइएर उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका कडरियालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएको थियो । ...
श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । आफ्नै श्रीमानले चलाएको को.७ प ५६५ नम्बरको मोटरसाइकलबाट लडेर बर्जु गाउँपालिका–३ की ३६ बर्षीया चन्द्रकलादेबीको मृत्यु भएको हो । घटना गएराती करिब साँढे १ बजेको हो । चन्द्रकलादेवीका श्रीमान ४१ बर्षीय शैलेन्द्र रायले मोटरसाइकल चलाएका थिए । मोटरसाइकल गुडिरहेका बेला चन्द्रकलादेवी आफै रोडमा खसेकी हुन् । लडेर ...
सात बुँदे घोषणापत्र जारी गर्दै सकियो अकोरावको कोशी प्रदेश भेला 

सात बुँदे घोषणापत्र जारी गर्दै सकियो अकोरावको कोशी प्रदेश भेला 

विराटनगर । सात बुँदे घोषणा पत्र जारी गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेला सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भेलाले सामुदायिक रेडियोहरूको दिगोपनाका लागि प्रसारकहरू एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । रेडियोको दिगोपना र क्षमता विकासका लागि सरकार र सरोकारवालासँग समन्वय गर्ने, प्रदेश सरकारलाई लोककल्याणकारी विज्ञापनको नीति ल्याउन र सामुद...
धनकुटाको चानुवामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटाको चानुवामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुढेबाट लेगुवा जाँदै गरेको को २ त ७३६ नम्बरको ट्याक्टर दिउँसो करिब ३ः२० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक संखुवासभाको मादीका ३० वर्षीय गुणन विकको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्याक्टर सडकको भ...
नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले गरेको विशेष समारोहमा पौडेलले शपथ ग्रहण गरेका हुन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ ग्रहण गराएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका कांग्रेस बरिष्ठ नेता पौडेल एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । ...
धनकुटालाई हराउँदै सिराहा पुग्यो सेमिफाइनलमा

धनकुटालाई हराउँदै सिराहा पुग्यो सेमिफाइनलमा

विराटनगर । सिराहाको प्रतिभा फुटबल क्लब विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता सिराहा सेमिफाइनलमा पुगेको हो । जितका लागि सिराहका सिद्धार्थ लामा र विश्वास राईले समान एक/एक गोल गरे । धनकुटाका सन्दिप लिम्बुले सान्तवना गोल फर्काए । धनकुटाविरुद्ध सिराहाका खेला...
युनिभ मोर्डनयराले जित्यो मोरङ जिल्लास्तरीय भलिबलको उपाधि

युनिभ मोर्डनयराले जित्यो मोरङ जिल्लास्तरीय भलिबलको उपाधि

विराटनगर । युनिभ मोर्डनयरा कलेजले मोरङ जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै मोर्डनयराले उपाधि जितेको हो । सुरुवाती दुई सेटमा सहजै जीत निकालेको मोर्डनयराले तेस्रो सेटमा भने कठिन जीत निकालेको थियो । मोर्डनयराले २५–१३, २५–१४ र २५–२३ को सोझो सेटमा जीत निकाल्दै विजेता ब...
मिर्गौलापीडित राईलाई कोरियाबाट सहयोग

मिर्गौलापीडित राईलाई कोरियाबाट सहयोग

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका मिर्गौलापीडित कमलप्रसाद राईलाई कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका धनकुटेलीहरुको संस्था धनकुटा सेवा समाज दक्षिण कोरियाको समन्वयमा ४ लाख ४२ हजार ९ सय २७ रुपैयाँ आर्थिक सहयोग संकलन गरेर मिर्गौलापीडित राईलाई प्रदान गरिएको हो । धनकुटा सेवा समाज दक्षिण कोरियाका पूर्व उपाध्यक्ष बाबुराम राई र सल्लाहकार मनिक...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो रात्रिकालीन उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु भयो रात्रिकालीन उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको महिना दिनपछि रात्रिकालीन उडान थालिएको हो । रात्रिकालीन उडान सुरु भएपछि बुद्ध एयरले एकै रात ४ जहाज अवतरण गराएको छ । बद्धले पहिलो जहाज भैरहवाबाट पोखरामा अवतरण गराएको थियो । दोस्रो जहाज काठमाडौंबाट र तेस्रो सिमराबाट पोखरा आएको हो । रात्रिकालीन विमानमा पोखरा आएका नेपाल उड्डयन प्राधिकरण न...
विराटनगरमा जमरकटेलहरुले दुई करोडको सामुदायिक भवन बनाउने

विराटनगरमा जमरकटेलहरुले दुई करोडको सामुदायिक भवन बनाउने

विराटनगर । जमरकटेल बंश एकता प्रतिष्ठानले विराटनगर–१९ स्थित बैजनाथपुरमा सामुदायिक भवन निर्माण गर्ने भएको छ । जमरकटेल बन्धुहरूले करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्ने भएका हुन् । बैजनाथपुरस्थित प्रतिष्ठान क्षेत्रमा बन्ने सामुदायिक भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् । सामुदायिक भवन निर्माणका लागि महानगरले पनि पाँच लाख रकम प्रदान गरेको ...
घरमा आगो लाग्दा जलेर दिदी-भाइको मृत्यु

घरमा आगो लाग्दा जलेर दिदी-भाइको मृत्यु

उदयपुर । उदयपुरमा आगलागीमा परेर एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । रौतामाई गाउँपालिका–८ पाखाटोलका रामबहादुर मगरको घरमा आगो लाग्दा जलेर उनकी ६ वर्षीया छोरी जस्मिना र २ वर्षीय छोरा रोजनको मृत्यु भएको हो । विद्युत सर्ट भएर शुक्रबार साँझ मगरको घरमा आगो लाग्दा जलेर दिदी भाइको मृत्यु भएको उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । ‘घरमा अभिभावक नभएको बेला विद्युत सर्ट ...
विराटनगरबाट हुन्डी कारोबारी पक्राउ

विराटनगरबाट हुन्डी कारोबारी पक्राउ

विराटनगर । हुन्डी कारोबारमा संलग्न विराटनगरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ सुडी वस्तीका ३१ वर्षीय धर्मानन्द साह छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह करिब ४ः३० बजे विराटनगर–६ बाट साहलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘उनले हुन्डी कारोबार गर्ने गरेको हामीलाई सूचना थियो...
धनकुटाको कागतेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

धनकुटाको कागतेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

धनकुटा । धनकुटाको कागतेमा आज दिउँसो सुमो र मोटरसाइकल जुधेका छन् । हिलेबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २७९९ नम्बरको सुमो र विपरित दिशाबाट जाँदै गरेको प्र–१–०६–००१ प ०११३ नम्बरको मोटरसाइकल दिउँसो करिब २ बजे आसपमा जुधेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक सहिदभूमि गाउँपालिका ३ का ३३ बर्षीय राकेश राई घाइते भएका छन् । उनको दाहिने हात भाचिएको छ । धनकुटा जिल्ला अस्पतालमा उनको उपचार हुदैछ । ठक्करबाट मो...
खुल्ला कविता प्रतियोगितामा बुढाथोकी भए प्रथम

खुल्ला कविता प्रतियोगितामा बुढाथोकी भए प्रथम

धनकुटा । धनकुटामा आयोजित खुल्ला कविता प्रतियोगितामा अजय बुढाथोकी प्रथम भएका छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटा नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जगमाया मादेन द्वितीय र शम्भुजित देउजा तृतीय भए भने गोपाल फुयालले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसह...
महिला दिवसमा धनकुटा नगरपालिकाले गर्यो प्रभात फेरी

महिला दिवसमा धनकुटा नगरपालिकाले गर्यो प्रभात फेरी

धनकुटा । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धनकुटामा प्रभातफेरी गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटा बजारमा प्रभात फेरी गरिएको हो । अन्तर पार्टी महिला सञ्जाल, हुसाडेक नेपाल, हाम्रो बहुमुखी पाठशाला, महिला पुनस्थापना सेवा केन्द्र, पारालिगल समिति र वेस्ट नेपालसँग सहकार्य गरेर नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो । मदनचोकमा भेला भएर सुरु भएको प्रभातफेरी नगरपालिकाको कार्यालयमा...
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार अपरान्ह सम्पन्न निर्वाचनको मतगणना अनुसार ३३ हजार ८ सय २ मतभारसहित पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका पौडेलले सङ्घतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार पाएका छन् । उनलाई २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत दिएका हुन् । नेपाली कांग्रेसस...
विराटनगरमा भेटियो वेवारिसे शव

विराटनगरमा भेटियो वेवारिसे शव

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीमा वेवारिसे शव फेला परेको छ । रानी हुलास चौकस्थित नालीमा आज विहान करिब ९ बजे पुरुषको शव फेला परेको हो । नालीमा मान्छे लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । करिब ५०/५५ वर्ष उमेर जस्तो देखिने पुरुषको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । ‘मृतक को हुन् र के कारणले मृत्यु भयो भन्ने पत्ता लागेको छैन,’ डीएस...
आज राष्ट्रपति निर्वाचन

आज राष्ट्रपति निर्वाचन

काठमाडौं । राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ । मुलुकको तेस्रो राष्ट्रपति छान्न सङ्घीय संसद् अन्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकप...
अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

विराटनगर । पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवालाई सरकारले अत्यावश्यक सेवामा राखेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्नसमेत निषेध छ । तर, विराटनगर महानगर क्षेत्रका पेट्रोल पम्प सञ्चालकहरूले होलीको दिन मंगलबार अर्थपूर्ण कारण बिनानै सबै पेट्रोल पम्प एकैपटक बन्द गरेर अत्यावश्यक सेवामा हेलचेक्र्याइँ गरेका छन् । जसका कारण गाडीमा तेल हाल्न नपाउँदा सर्वसाधारणले सास्ती मात्...
स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीद्वारा उम्मेदवारी घोषणा

स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीद्वारा उम्मेदवारी घोषणा

विराटनगर । आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव विकास र सचिबमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाइने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्य...
विराटनगरका सबै पेट्रोल पम्प बन्द, एम्बुलेन्सले पनि तेल हाल्न पाएनन्

विराटनगरका सबै पेट्रोल पम्प बन्द, एम्बुलेन्सले पनि तेल हाल्न पाएनन्

विराटनगर । विराटनगर महानगर क्षेत्रका सबै पेट्रोल पम्पहरू मंगलबार बिहानदेखि बन्द हुँदा सवारी साधनमा तेल हाल्न नपाएर सर्वसाधारण समस्यामा परेका छन् । होलीमा मादक पदार्थ सेवन गर्नेहरुबाट असुरक्षाको कारण देखाउँदै कुनैपनि पेट्रोल पम्प नखुल्दा एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारी साधनहरूले पनि तेल हाल्न पाएका छैनन् । जसका कारण कतिपय सवारी साधनहरू तेल सकिएर बिच बाटोमै अलपत्र परेका छन् । तेल भर्नुपर्ने अ...
कोशी प्रदेशमा समयमै काम नगर्ने ठेकेदारलाई म्याद नथपिने

कोशी प्रदेशमा समयमै काम नगर्ने ठेकेदारलाई म्याद नथपिने

विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई ठेक्काको समयावधि नथप्ने भएको छ । पटकपटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने ठेकेदारलाई तत्काल कामको प्रगति बढाउन मन्त्रालयले निर्देशन दिएको छ । काम ढिला गर्ने २५ भन्दा बढी निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन...
धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक

धनकुटासहित पहाडी क्षेत्रमा यस्तो देखियो होलीको रौनक

धनकुटा । कोशी प्रदेशको पहाडी जिल्ला धनकुटासहित देशभरका पहाडी र हिमाली क्षेत्रमा सोमबार हर्षोल्लासपूर्वक होली पर्व मनाइएको छ । रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन र साथीहरूसँग एकापसमा रङ दलेर रमाइलो गर्दै होली पर्व मनाइएको हो । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाउँने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली ...
विराटनगरमा पनि होली मिलन कार्यक्रम

विराटनगरमा पनि होली मिलन कार्यक्रम

विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा विराटनगर महानगरपालिकाले आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर परिषद् सदस्यसहित विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखका साथै कर्मचारीहरूलाई अबिर लगाएर शुभकामना दिएका छन् ...
मोरङको कटहरीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको कटहरीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ तकिया रोडस्थित भित्री सडक खण्डमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश १–०२–००१ क ३८९ नम्बरको टिपरले विपरित दिशाबाट आँउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाइकललाई बिहान करिब ११ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–६ का ३३ वर्षीय पप्पु सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य...
पहाडी क्षेत्रमा हर्षोल्लासपूर्वक होली मनाइदै

पहाडी क्षेत्रमा हर्षोल्लासपूर्वक होली मनाइदै

धनकुटा । पहाडी क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइदैछ । एकापसमा रङ्ग तथा अबिर दलेर होली मनाउने चलन छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाइन्छ । रिसराग छोडेर प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्दै होली मनाउँने परम्परा छ । बिहानैदेखि मानिसहरू रङ्ग दलेर होली मनाउँन थालेका छन् । हो...
बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा

काठमाडौँ । आगामी बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने भएको छ । बैशाख अन्तिम साताबाट परीक्षा थाल्ने गरी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । जेठ ५ ...
धनकुटाबाट फेरि ठूलो परिमाणमा गाँजा बरामद

धनकुटाबाट फेरि ठूलो परिमाणमा गाँजा बरामद

धनकुटा । धनकुटाबाट फेरि ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सहिदभूमिबाट ४ सय किलो गाँजा बरामद भएको तीन साता नबित्दै साँगुरीगढी गाउँपालिकाबाट १०६ किलो गाँजा बरामद भएको हो । साँगुरीगढी–८ स्थित सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअपमा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘राती करिब २ बजेतिर चेकजाँच गर्दा रोकिराखेको पिकअपमा गाँजा भेटिएको हो,’ एसपी कोइरालाले भ...
ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते

ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । दियालेबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । घटनामा परी चिसंखुगढी–३ का भक्तबहादुर थापा र मीन बहादुर श्रेष्ठको मृत्यु भएको हो । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि अस्प...
विराटनगर महानगरले डोजर लगाएर भत्काउँदै सडक क्षेत्रका संरचना

विराटनगर महानगरले डोजर लगाएर भत्काउँदै सडक क्षेत्रका संरचना

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउँन थालेको छ । सडक क्षेत्रभित्र परेका संरचना हटाउन पटकपटक आग्रह गर्दा पनि नटेरेकाले डोजर लगाएर भत्काउँन थालिएको महानगरले जनाएको छ । सडक मापदण्डमा परेका संरचना हटाउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । संरचना नहटाउँदा महानगरका विभिन्न साँघु...
error: Content is protected !!