- संगालोखबर सम्वाददाता

धनकुटा । सञ्चारिका समूह धनकुटाको अध्यक्षमा सर्मिला राई चयन भएकी छन् । धनकुटामा आइतबार समूहको दोस्रो साधारण सभाले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा आकृति राई र कृष्णा राई, सह-सचिवमा शारदा विश्वकर्मा र कोषाध्यक्षमा चाँदनी राई चयन भएका छन् । यस्तै, सदस्यहरूमा अनिता राई, बालकुमारी थापा, सिर्जना खुलाल, सष्टीका राई, सुनिता राई, अनुसा राई र धनकुमारी राई चयन भएका छन् ।

कार्यक्रममा सञ्चारिका समूहकी केन्द्रिय अध्यक्ष विमला तुम्खेवाले महिला पत्रकारहरूलाई पत्रकारिता क्षेत्रमा स्थापित गराउँन सञ्चारिका समूहले भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा पत्रकारहरू हिमा चेम्जोङ, नगेन्द्र राई, सन्तवीर लामा, रमेशचन्द्र अधिकारी, स्मिता निरौला, देवकला कार्की लगायतले नयाँ समितिलाई सफलताको शुभकामना दिएका छन् ।

सञ्चारिका समूहले धनकुटामा क्रियाशील महिला सञ्चारकर्मीहरूलाई समेट्दै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!