- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ निमुवास्थित कोशी लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते छन् ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल बिहान करिब ९ बजे बुढिखोलाको पुल नजिक सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएपनि उनको पहिचान खुल्न बाँकी रहेको मोरङका प्रहरी प्रवक्ता टिका कार्कीले जानकारी दिए ।

Advertisement

मोटरसाइकलमा दुई जना सवार थिए । दुर्घटना पश्चात उपचारका लागि बुढिगंगास्थित विराट मेडिकल कलेज लैजाने क्रममा बाटैमा चालकको मृत्यु भएको हो । पछाडि सवार युवा पनि गम्भीर घाइते छन् । उनको पनि पहिचान खुलेको छैन । विराट मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ । तीब्र गतिमा मोटरसाइकल हुइँकाउँदै अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजकुमार कार्कीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!