- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको अध्यक्षमा तारा तितुङ कटेल निर्वाचित भएकी छन् । संघको सातौँ जिल्ला सम्मेलनले तितुङको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला इवाहाङ र रेखा चेम्जोङ, सचिवमा सावित्रा राई, सहसचिवमा गोमा कार्की र कोषाध्यक्षमा सीता थापा पराजुली चयन भएका छन् । संघको दुई दिने जिल्ला सम्मेलन सोमबारबाट सुरु भएको थियो ।

उद्घाटन सत्र सकेर सुरु भएको बन्दसत्रले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको एमाले धनकुटाका उपसचिव एवं जनसंगठन विभाग प्रमुख शिव आङ्लाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!