- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–४ निमुवास्थित कोशी लोकमार्गमा सोमबार विहान भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवाको उपचारका क्रममा मृत्यु भएको छ । बुढिगंगास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

Advertisement

यसअघि दुर्घटना पश्चात उपचारका लागि लैजाने क्रममा चालकको पनि मृत्यु भएको थियो । तर, दुवै मृतक को हुन् भन्ने पहिचान खुल्न सकेको छैन । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल विहान करिब ९ बजे बुढिखोलाको पुल नजिक सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । तर, मृतकको पहिचान नखुलेको हुनाले प्रहरीले उनीहरुका आफन्तको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको हुलिया सार्वजनिक गरेको छ ।

मृतक एक जना करिब ३०/३५ बर्षका छन् भने अर्का २८/२९ बर्षको जस्तो देखिन्छन् । उनीहरुलाई कसैले चिनेमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय मोरङले अनुरोध गरेको छ ।

यसअघि प्रकाशित समाचार

मोरङको निमुवामा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!