- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका मानबहादुर बस्नेतको विभत्स हत्या भएको छ । ७० बर्षीय वृद्ध बस्नेतको घरमै हत्या भएको हो ।

हत्या भएको अवस्थामा उनको शरीर घरमै भेटिएको छ, टाउको भने करिब एक किलोमिटर टाढा फेला परेको छ । घटनाको जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल पुगेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

‘हत्या भएको थाहा पाएपछि हामी भर्खरै यहाँ आइपुगेका छौं,’ कुँवरले संगालोखबरसँग भने, ‘घटनाको विस्तृत विवरण बुझ्दैछौ ।’

वृद्ध बस्नेतलाई कसले र किन हत्या गर्यो भन्ने खुल्न बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!