धनकुटामा पनि एमालेको ‘मिसन ग्रासरुट’ अभियान

धनकुटामा पनि एमालेको ‘मिसन ग्रासरुट’ अभियान

धनकुटा । धनकुटामा पनि नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि एमालेले अभियान थालेको हो । एमालेको यो देशव्यापी अभियान हो । अभियान अन्तर्गत धनकुटामा जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गरी स्थानीय नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ । अब एमालेले पार्टीको सदस्यता प्रदान गर्न सम्बन्धित व्यक्तिको भौतिक उपस्थितिलाई अनिवार्य गर्ने भएको छ । पार्टी ...
महेन्द्र मोरङ क्याम्पसका सात प्राध्यापक सम्मानित

महेन्द्र मोरङ क्याम्पसका सात प्राध्यापक सम्मानित

विराटनगर । महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् । दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरूलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो । सम्मानि...
धनकुटाको जितपुरमा भीषण डढेलो

धनकुटाको जितपुरमा भीषण डढेलो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरस्थित याङपाङ्ग क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । याङपाङ्गको लहरेबर आसपास क्षेत्रमा रहेको खोरिया र लाटलोटे बनमा भीषण डढेलो लागेको हो । साँझ करिब ७ बजेबाट सुरु भएको डढेलो अझै नियन्त्रण हुन सकेको छैन । बनमा लागेको डढेलो बस्तीतर्फ बढ्दै गएपछि स्थानीयवासी त्रसित भएका छन् । आगो नियन्त्रणका लागि जितपुर, याङपाङ र छुम्लिङ्ग क्षेत्रका सर्वसाधारण खटिएका छन...
कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

विराटनगर । दक्षिण कोरियास्थित चाङगाव विश्वविद्यालयका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आवश्यकता शिक्षा” को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकहरूको टोली आएको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार...
धनकुटाकी दिलकुमारीको परिवारलाई अमेरिका बस्दै आएका खड्काले गरे सहयोग

धनकुटाकी दिलकुमारीको परिवारलाई अमेरिका बस्दै आएका खड्काले गरे सहयोग

धनकुटा । अमेरिका बस्दै आएका मनोज खड्काले धनकुटा नगरपालिका–६, पाङसिङकी दिलकुमारी राईको परिवारलाई सहयोग गरेका छन् । ज्यालामजदुरी गर्दै आएका दिलकुमारीका श्रीमान राजबहादुरको करेन्ट लागेर मृत्यु भएपछि आर्थिक अभावले राई परिवार समस्यामा परेको थाहा पाएर खड्काले नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । इटहरी घर भएका खड्का अमेरिका जानुअघि लामो समय धनकुटालाई कार्यक्षेत्र बनाएर सामाजिक काममा सक्रिय थि...
विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

काठमाडौं । दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले देशका विभिन्न स्थ...
२०७९ फागुन ९ गते मंगलबारको राशिफल

२०७९ फागुन ९ गते मंगलबारको राशिफल

ई.सं. २०२३ फेब्रुअरी २१ नेपाल सम्बत ११४३ चिल्लाथ्व पारु, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा शतभिषा नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः३६ बजे, सूर्यास्त साँझ ५ः५९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ...
धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

धनकुटा । धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सोमबार सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै नगर सभा सम्पन्न भएको हो । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भिमादेवी खनालले प्रस्तावहरू प्रस्तुत गरेकी थिइन् । नगरका प्रवक्ता जम्सेर राईका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन गरेको छ । त्यस्तै, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरूलाई पन...
बुद्धिचाल संघको अध्यक्षमा अधिकारी

बुद्धिचाल संघको अध्यक्षमा अधिकारी

धनकुटा । धनकुटा जिल्ला बुद्धिचाल संघको अध्यक्षमा रमेशचन्द्र अधिकारी चयन भएका छन् । संघको अधिवेशनले पत्रकार अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा टिका भण्डारी, सचिवमा हेमकुमार राई र कोषाध्यक्षमा विजयशेखर श्रेष्ठ चुनिएका छन् । यस्तै, सदस्यहरूमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किशन बोगटी चयन भएका छन् । यसैगरी, अधिवेशनले रमेशचन्द्र अधिकारी, टिका भण्डारी र श...
धनकुटामा कार दुर्घटना

धनकुटामा कार दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित सल्लेरीमा आज कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तेह्रथुमबाट धरान जादै गरेको बा १५ च ५२०४ नम्बरको कार अपरान्ह करिब ४ः३० बजे नियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनामा परी कार चालक धरान उपमहानगरपालिका–५ का ४३ वर्षीय गुणराज लिम्बू, कारमा सवार तेह्रथुम छथर गाउँपालिका–६ का २५ वर्षीया कुसुम लिम्बू र सोही ठाउँकी २४ वर्षीया शकुन्तला लिम्बू घाइते भएका हुन् ।...
विराटनगरमा खेलकुद महासङ्घको महाधिवेशनका लागि आएका महतको दुर्घटनामा मृत्यु

विराटनगरमा खेलकुद महासङ्घको महाधिवेशनका लागि आएका महतको दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित बरगाछी नजिक गएराती दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । विराटनगरमा आइतवारबाट सुरु भएको नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनका लागि आएका अर्घाखाँचीको सन्धिखर्क–५ का २६ वर्षीय प्रकाश महतको दुर्घटनामा मृत्यु भएको हो । बरगाछीस्थित होटल मनास्लुमा जारी महासङ्घको बन्दसत्रमा सहभागि भएर होटल फर्कने क्रममा महत सवार लु १८ प ५४५६ नम्बरको मोटरसाइकल ...
खेल क्षेत्रको विकास गर्न एमालेले सधैँ सहयोग गर्छ: अध्यक्ष ओली

खेल क्षेत्रको विकास गर्न एमालेले सधैँ सहयोग गर्छ: अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रको विकासमा नेकपा एमालेको सँधै सहयोग रहने बताएका छन् । विराटनगरमा आइतबार नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  एमालेले यसअघि पनि खेलकुद क्षेत्रका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । आफू पनि खेलप्र...
मोटरसाइकल चोरेर भागेका धनकुटाका थापा र इटहरीका चौधरी पक्राउ

मोटरसाइकल चोरेर भागेका धनकुटाका थापा र इटहरीका चौधरी पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ बाट मोटरसाइकल चोरेर भागेका दुई जना युवा विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का सौगात थापा र इटहरी–२ का दुर्गेस चौधरी छन् । मोटरसाइकल चोरेर भागेको ११ दिनपछि बिराटनगर–११ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत माघ २५ गते इटहरीमा पार्किङ गरेको ठाउँबाट इटहरी–२ का बिक्रम खड्काको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल...
विराटनगरमा आज खेलकुद महासङ्घको महाधिवेशन, केपी ओलीले उद्घाटन गर्ने

विराटनगरमा आज खेलकुद महासङ्घको महाधिवेशन, केपी ओलीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा आज नेपाल खेलकुद महासङ्घको दोश्रो महाधिवेशन सुरु हुँदैछ । विराट नर्सिङ होम पूर्वको मैदानमा बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । महासङ्घले शनिवार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको थियो । महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायत खेलहरू प्...
शिवरात्रिका कारण विश्रान्तिमा भक्तजनको घुँइचो (फोटो फिचरसहित)

शिवरात्रिका कारण विश्रान्तिमा भक्तजनको घुँइचो (फोटो फिचरसहित)

धनकुटा । महाशिवरात्रिको अवसरमा आज धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । भगवान शिवको पुजा आराधना गर्न मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । धनकुटाका बिभिन्न स्थानसहित छिमेकी जिल्लाहरुबाट पनि भक्तजनहरू मन्दिरमा आएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए । शिवरात्रिकै अवसरमा विश्रान्ति मन्दिर परिसरमा मिनी मेला पनि आयोजना गरिएको छ । ...
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिका १५ तस्वीर

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिका १५ तस्वीर

महाशिवरात्रिको पूर्वसन्ध्यामा शुक्रबार साँझ काठमाडौंको पशुपति मन्दिर क्षेत्रमा देखिएको दृष्य । तस्वीर:बिनोद बिष्ट/संगालोखबर
कार्य सम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका बन्यो जिल्ला प्रथम

कार्य सम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका बन्यो जिल्ला प्रथम

धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अङ्क ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ६६.६० अङ्क प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो । यता, १ नम्बर प्रदेशका १४ जिल्लाका १३७ पालिका मध्ये धनकु...
विद्यार्थी भर्नाको विषयले धनकुटा क्याम्पसमा झगडा, दुई जना घाइते

विद्यार्थी भर्नाको विषयले धनकुटा क्याम्पसमा झगडा, दुई जना घाइते

धनकुटा । विद्यार्थी भर्नाको विषयमा उत्पन्न विवादका क्रममा विहीबार धनकुटा बहुमुखी क्याम्पसमा झगडा हुँदा दुई विद्यार्थी घाइते भएका छन् । झगडामा नेपाली कांग्रेस निकट नेवि संघका क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की घाइते भएका हुन् । कांग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुबीच झगडा हुँदा उनीहरु घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवर...
धनकुटाबाट चार सय किलो गाँजा बरामद

धनकुटाबाट चार सय किलो गाँजा बरामद

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । छिन्ताङबाट को १ ज ३११८ नम्बरको पिकअप गाडीमा राखेर हिलेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा फेला परेको हो । प्लाष्टिकले प्याक गरी १५ वटा बोरामा हालेर गाडीमा ल्याउँदै गरेको अवस्थामा चार सय किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । उनका अनुसार ग...
विराटनगरमा सुरु भयो ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान

विराटनगरमा सुरु भयो ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरेको छ । महानगरको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा यो अभियान थालिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कामका विषयमा जानका...
विराटनगरमा ५ करोडको लागतमा रानीपोखरी ग्रिनपार्क बनाइने

विराटनगरमा ५ करोडको लागतमा रानीपोखरी ग्रिनपार्क बनाइने

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १४ मा ठूलो लगानी गरेर रानीपोखरी ग्रिनपार्क बनाइने भएको छ । महानगरपालिकाले ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा ग्रिनपार्क बनाउँन लागेको हो । महानगरका मेयर नागेश कोइरालाले बुधबार ग्रिनपार्कको शिलान्यास गरेका छन् । साढे २ बिघा क्षेत्रफलमा निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैंचा, मन्दिर, रानी माताक...
पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रशिला क्वाटरफाइनलमा

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गर...
तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालियो

तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालियो

धनकुटा । तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । सो सडकखण्ड ११० किलोमिटर छ । जसमध्ये मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको हो । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीले पहिलो खण्डको सडक कालोपत्रे गर्ने ज...
विराटनगरमा सुरु भयो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

विराटनगरमा सुरु भयो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

विराटनगर । विराटनगरमा मंगलबारदेखि १२ औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेको भातृ संस्था नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्गबो लिम्बुले प्रतियोगिता उद्घाटन गरेका छन् । खेलमा न...
फागुन महिनामा ११ दिन सार्वजनिक बिदा

फागुन महिनामा ११ दिन सार्वजनिक बिदा

काठमाडौँ । फागुन महिनामा ११ दिन सार्वजनिक विदा परेको छ । विभिन्न पर्व, दिवस र शनिवारको बिदासहित एक महिनामा ११ दिन सार्वजनिक बिदा हुनेछ । फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दियो, ७ गते प्रजातन्त्र दिवसको बिदा हुनेछ । ९ गते ग्याल्पो ल्होछार परेको छ, १५ गते मगर दिवस छ । २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमाको बिदा हुनेछ । २४ गते पनि बिदा नै छ, त्यो दिन नारी दिवस परेको छ । मगर दिवस राजपत्रमा ...
विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडको लगानीमा नयाँ टर्मिनल भवन बनाइने

विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडको लगानीमा नयाँ टर्मिनल भवन बनाइने

विराटनगर । विराटनगर विमानस्थलमा २ अर्ब ४२ करोडको लागतमा नयाँ सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिने भएको छ । १६ हजार २७७ वर्ग मिटर क्षेत्रफलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्न लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार टर्मिनल भवनको शिलान्यास गरेका छन् । १ हजार ८ सय यात्रु धान्न सक्ने गरी बनाउँन लागिएको टर्मिनल भवन भैरहवा र पोखरा विमानस्थलको भन्दा ठूलो ...
ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प

विराटनगर । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु बनाएर बिहान ४ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४.८ म्याग्निच्युडको भूकम्प मापन भएको छ । ताप्लेजुङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । हालसम्म भूकम्पबाट क्षति भएको विवरण प्राप्त भएको छैन ।
ठाकुरदेवीले जित्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

ठाकुरदेवीले जित्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ठाकुरदेवी माध्यमिक विद्यालयले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी ८ स्वर्ण,  १ रजत र ५ काश्य पदकसहित ठाकुरदेवीले उपाधि जितेको हो । प्रतियोगितामा ४ स्वर्ण, ११ रजत र ३ काश्य पदक प्राप्त गर्दै पञ्चकृष्ण मावि द्वितीय बनेको छ भने ४ स्वर्ण, ७ रजत र ५ काश्य पदकसहित टपुदेवी माविले तृतीय स्थान हासि...
भीरगाउँमा सुरु भयो प्रसूति सेवा

भीरगाउँमा सुरु भयो प्रसूति सेवा

धनकुटा । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउँन दक्ष...
चार लाखले अवलोकन गरे सीएनआई कोसी एक्स्पो

चार लाखले अवलोकन गरे सीएनआई कोसी एक्स्पो

विराटनगर । करिब चार लाख मानिसले सीएनआई कोसी एक्स्पो अवलोकन गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले माघ १९ देखि २८ गतेसम्म विराटनगरमा एक्स्पो आयोजना गरेको हो । १० दिनसम्म सञ्चालन भएर शनिवार सकिएको एक्स्पो अवलोकनका लागि करिब चार लाख मानिस आएको र एक्स्पो सोचेभन्दा धेरै सफल भएको आयोजकको दावी छ । आयोजक सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले एक्स्पो अत्यन्तै सफल भएको दाबी गरे । उनले एक्...
आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द

आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि लाठीचार्ज गरेको विरोधमा संघले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार प्रहरीको लाठि चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंह घाइते भएका थिए । घटनापछि शनिवार संघको केन्...
error: Content is protected !!