- संगालोखबर सम्बाददाता

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-७ यवाडाँडामा आगलागी हुँदा जलेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ-७ भारपाका शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशान छन् ।

आज दिँउसो स्थानीय प्रेम पन्थाकको घरमा आगलागी भएको थियो । मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए भने छिमेकी सेसेहाङ उनीसँग खेल्न आएका थिए । घरका अरु सदस्य जंगलमा दाउरा खोज्न गएको र घरमा दुई बालक मात्रै भएका बेला आगलागी भएको बताइएको छ ।

आगोले जलेर घर पूर्ण रुपमा क्षति भएको छ । घरको माथिल्लो तलामा बालकहरुको शव जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । आगलागीको कारण खुलेको छैन ।

घटनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!