संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा बिहीबार भएको खुल्ला कविता प्रतियोगितामा गोकुण्डेश्वर माध्यमिक विद्यालयकी छात्रा इक्शा राई प्रथम भएकी छन् । भाषा साहित्यको उत्थान गरी नव प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सल्लेरी साहित्य संगमको संयोजनमा धनकुटा नगरपालिकाको ४ नं. वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रतियोगितामा निजामती आवासीय विद्यालयका छात्र सक्षम बानियाँ द्वितीय, गोकुण्डेश्वर बालमन्दिर माविका छात्रा हिमानी रिजाल तृतीय भएका छन् भने गोकुण्डेश्वर माविका रोजिना राई र लालीगुराँस बोर्डिङ स्कुलका गोपाल फुँयालले सान्त्वना स्थान हासिल गरेका छन् ।

त्यस्तै मार्गेश्वरी आधारभूत विद्यालयका गंगा राई र सुप्रिम राईले प्रोत्साहन पुरस्कार पाएका छन् । उनीहरूलाई धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, वडाध्यक्ष जम्सेर राई, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, अग्रज कविहरू चेतनाथ वाग्ले र मुकुन्द प्रयासले पुरस्कृत गरेका छन् ।

प्रतियोगितामा धनकुटा नगर क्षेत्रका नौ वटा विद्यालयका छात्रछात्रा सहभागि भएको सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!