विराटनगर-४ बासीलाई नोबेलले उपचारमा विशेष छुट दिने

विराटनगर-४ बासीलाई नोबेलले उपचारमा विशेष छुट दिने

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले विराटनगर-४ का स्थानीयलाई उपचारमा विशेष छुट दिने भएको छ । हिजो वडाध्यक्ष जीतन थापा र अस्पतालका निर्देशक प्रा.डा. राजेश नेपालबीच उपचारमा सहुलियत दिने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयलाई उपचारमा विशेष छुट दिन लागिएको निर्देशक नेपालले बताए । यसअघि वडा कार्यालयको सिफारिसमा विपन्न बिरामीहरूलाई छुट दिने गर...
मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ चैतामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो साँझ घरमा लगाएको जस्ता निकाल्ने क्रममा करेन्ट लाग्दा ३५ वर्षीया रेखा देवी सिंह घाइते भएकी थिइन् । उपचारका लागि रंगेली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाममा रूखको हाँगाले किच्दा एक जनाको मृत्यु

इलाम । इलाममा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । हिजो बिहान ११ः५० बजेको समयमा रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा देउमाई नगरपालिका-९ जितपुरका ४९ वर्षीय तुलसी जवेगूको मृत्यु भएको हो । रुखको हाँगाले लागेर घाइते भएको उनलाई उपचारका लागि झापा स्थित बी एण्ड सी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए । ‘र...
मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ विराटचोकबाट गछियातर्फ आउँदै गरेको प्र १-०२-०५४ प ३५५८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख ३२२३ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसन्दहका ४४ वर्षीय  एम बहादुर रायमाझी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको नोबेल अस्...
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । विराटनगर-७ हाटखोलामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले कानेपोखरी गाउँपालिका-२ का ३२ वर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार उपचारका लागि कोशी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पैदल यात्रा गरिरहेका ...
प्रधानमन्त्री ओलीद्वारा दमकको १८ तले भ्युटावर उद्‌घाटन

प्रधानमन्त्री ओलीद्वारा दमकको १८ तले भ्युटावर उद्‌घाटन

झापा । आज गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिका-३ दापगाछीमा बनेको १८ तले भ्युटावरको उद्‌घाटन गरेका छन् । व्यवसायिक कम्प्लेक्स भनेर नामकरण गरिएको भ्युटावर एक अर्ब ४५ करोड रुपैयाँ बढीको लागतमा निर्माण भएको हो । टावर चिनियाँ निर्माण कम्पनी जेडसिजी आइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले शिलान्यास...
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा सात जना पक्राउ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा सात जना पक्राउ

झापा । गृहजिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा सात जना पक्राउ परेका छन् । गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कालो झन्डा देखाएको हो । केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्क...
कोशीमा स्विस सरकारको सहयोगमा चार वटा पदमार्ग निर्माण गरिदै

कोशीमा स्विस सरकारको सहयोगमा चार वटा पदमार्ग निर्माण गरिदै

विराटनगर । कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई मध्यनजर गर्दै पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको छ । स्विस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने योजना छ । स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ । परिय...
झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

झापा । झापाको कमल गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फूलमाया मुर्मुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो आफ्नै घरमा मृत फेला परेकी मुर्मुको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि भएपछि प्रहरीले हत्यामा संलग्नको खोजी सुरु गरेको थियो । हत्या आरोपीलाई प्रहरीले झापा गाउँपालिका-७ मदरगाछबाट पक्राउ गरेको हो ।...
कोशीका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु 

कोशीका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । हिजो झापा, सुनसरी र उदयपुरका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।  झापा कन्काई नगरपालिका-८ लक्ष्मीपुर स्थित पूर्व पश्चिम लोकमार्गमा ना ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गाडीले बाटो काट्दै गरेका सोही स्थानका ६५ वर्षीय गर्बसिंह राईलाई दिएको थिय...
सिरिजंगा गोल्डकपको चौथो संस्करण आजबाट सुरु हुँदै 

सिरिजंगा गोल्डकपको चौथो संस्करण आजबाट सुरु हुँदै 

ताप्लेजुङ । आजबाट सिरिजंगा गोल्डकपको चौथो संस्करण सुरु हुँदैछ । सिरिजंगा सिंह थेबेको तीन सय २० औँ जन्मजयन्तिको अवसरमा प्रतियोगिता हुन लागेको हो । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा आजबाट सुरु हुने प्रतियोगिता मंसिर २९ गते सम्म जारी रहने छ । उद्‌घाटन खेलमा तेल्लोक स्पोर्टिङ क्लब र साँगुरीगढी एफसी धनकुटाबीच प्रतिष्पर्धा हुनेछ । भोलि झापाको न्यु स्टार क्लब र उदयपुरको ब्रदरहुड एफसी बेलकाबीच प्रतिष्...
१८ तले भ्युटावर उद्‌घाटन गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापा आउँदै 

१८ तले भ्युटावर उद्‌घाटन गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापा आउँदै 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै छन् । दमक बिजनेस कम्प्लेक्स, मानव सेवा आश्रमको नयाँ भवन र भ्युटावर उद्‌घाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडमा निर्माण भएको भ्युटावरलाई ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको छ । १८ तले उक्त भवन चिनिया निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनील...
गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा गैरनाफामूलक अस्पताल निर्माण गर्न उद्योगपति राजु कटेलले १५ करोड बराबरको सहयोग उपलब्ध गराउने भएका छन् । विराटनगरका उद्योगी कटेलले १४ करोड मूल्य पर्ने ७ बिगाहा जग्गा र एक करोड नगद उपलब्ध गराउने भएका हुन् । भारतको गुजरातस्थित नौतनपुरी धामका गाधिपती जगतगुरु आचार्य कृष्णमणि महाराजसहितको टोलीले झोराहाटस्थित अस्पताल निर्माणस्थलको बिहीबार निरीक्षण गरेको ...
नोबेलले ६० करोड लाभांश बितरण गर्ने 

नोबेलले ६० करोड लाभांश बितरण गर्ने 

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चितबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टार कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको...
मोरङको कानेपोखरीमा पुरुष मृत भेटिए 

मोरङको कानेपोखरीमा पुरुष मृत भेटिए 

विराटनगर । मोरङको कानेपोखरी-७ स्थित बान्तवा होटलमा एक पुरुष मृत भेटिएका छन् । आज बिहान मृत भेटिएका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतकको घर झापाको धुलावारी भएको खुलेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । ‘बेवारिसे भएर हिँडेको जस्तो देखिन्छ’, डीएसपी थापाले संगालोखबरसँग भने, ‘छोरालाई खबर गरेका छौँ । छोरो आएपछि सबै कुर...
नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथानका नवनिर्वाचित अध्यक्षको निर्णय

नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथानका नवनिर्वाचित अध्यक्षको निर्णय

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमो नारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । हिजो सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले गाउँपालिका भित्र वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थामा जानका लागि तथा आकस्मिक सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णयमा उल्लेख गरेका ...
कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिन सम्झौता

कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिन सम्झौता

धनकुटा । धनकुटा नगरपालिका-१ निगालेमा रहेको संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । कृषि उत्पादन र अनुसन्धानलाई प्राथमिकता दिएर दुई पक्षले दश वर्षे सम्झौता गरेका हुन् । एक कार्यक्रमकाबीच वन उपभोक्ता समूहका अध्यक्ष पर्शुराम मल्ल ठकुरी र कम्पनीका कोशी प्रदेश प्रमुख सन्तोष अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले स्थानीयलाई कृष...
गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी

गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी

धरान । धनकुटाबाट धरान आउँदै गरेका दुईवटा गाडीबाट प्रहरीले ६९० किलो गाँजा बरामद गर्यो । बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका सरकारी नम्बर प्लेट भएका गाडीबाट गाँजा बरामद गर्न प्रहरीले गोली नै चलाउनु पर्यो । प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भयो भने अझै एक जना फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार हिजो साँझ ७ ब...
धरानमा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धरानमा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर । सुनसरीको धरान-१७ मा रहेको माउन्ट मोरिया स्कुलका शिक्षक २३ वर्षीय असित ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ठकुरी पक्राउ परेका हुन् । उनलाई यसभन्दा अगाडि पनि यही आरोपमा धरानकै एउटा विद्यालयले निकालेको थियो । त्यतिखेर भने प्रहरीमा उजुरी परेको थिएन । विद्यार्थीहरूले उजुरी दिएपछि सोमबार ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी ना...
मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाबाट भरुवा बन्दुकसहित वृद्ध पक्राउ परेका छन् । स्थानीय ६० वर्षीय प्रकाश यादवलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा बन्दुक फेला परेको हो । घरमा लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक भेटिएपछि बन्दुकसहित वृद्धलाई नियन्त्रणमा लिइएको मोरङका ...
विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बीउ उपलब्ध गराएको छ । आज कृषकहरूलाई महानगरले उन्नत जातको गहुँको बीउ उपलब्ध गराएको हो । कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार पाँच सय २६ किलो बीउ वितरण गरिएको छ । उक्त बीउले ६० हेक्टर जमिनमा खेती गर्न सकिन्छ ।  महानगरका दुई सय ६२ घरधुरीलाई बिउ वितरण गरिएको तिम्सिनाले बताए । महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ खेतीयो...
सुनसरीबाट तीन सय ४० किलो गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ

सुनसरीबाट तीन सय ४० किलो गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ परेका छन् । प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकको पछाडि कालो त्रिपालले छोपिएको अवस्था प्रहरीले गाँजा बरामद गरेको हो । ट्रकबाट ११ वटा बोरामा राखिएको तीन सय ४० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक धनी तथा चालक धनकुटाको सहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई छन् । यस्तै भोजपुरको पौ...
झापामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-११ तेलिबारीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा आज दिउँसो करिब साढे १२ बजे बागमती प्र-०१-००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । ठक्करबाट भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।...
धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटा । धनकुटामा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा प्रभात फेरी निकालिएको छ । आज नगरस्तरीय अपाङ्गता रोकथाम तथा पुर्नस्थापना संस्थाको आयोजना तथा धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा र्‍याली निकालिएको हो । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो । विभिन्न नारा लेखिएका प्लेकार्डसहित सुरु भएको र्‍...
मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

विराटनगर । मोरङको बुढीगंगा-४ स्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने मेसिन बनाएका छन् । आफैँले चलाउने सवारी साधनमा चालक आफैँले आफ्नो अल्कोहलको मात्रा जाँच गर्नसक्ने मेसिन बनाएका हुन् । डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीहरूले छ महिना लगाएर उक्त मेसिन बनाएका हुन् । कुनै पनि सवारीसाधनमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउ...
काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि पालिका सभापतिहरूको वृहत भेला गर्ने भएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा भेलाको उद्‌घाटन गर्ने तयारी गरेको छ । हिजो संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि भेला आयोजना गरिएको जनाएको थियो । शेखर पक्षको भेला आधिकारिकी नभएको र मंसिर २२ बा...
भोजपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ धारापानीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । सोही स्थानका दिपेन्द्र भुजेलको छोरा २२ वर्षीय एक्सन भुजेलको दुर्घटनामा मृत्यु भएको हो । अचानक ट्याक्टरबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बीचको चक्काले किचेको थियो । हिजो बेलुका घोडेटार-भोजपुर कच्ची सडक खण्ड स्थित कावा खोलाबाट लुङ्गिन तर्फ आउँदै गरेको को २ त...
एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्ति गरेको छ । आज नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सचेतक नियुक्त गरेका हुन् । प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि सचेतकमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन् ।
कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी नियुक्त भएका छन् । संविधानसभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् । उनले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए । जापान भ्रमणको विवादका कारण तत्कालीन आन्तरिक मामिला ...
उपनिर्वाचन : कोशीमा कुन दलले कहाँ-कहाँ जिते ?

उपनिर्वाचन : कोशीमा कुन दलले कहाँ-कहाँ जिते ?

विराटनगर । हिजो भएको स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो । जसमध्ये ६ वडाध्यक्ष र १ पालिका अध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतपरिणाम भने सार्वजनिक हुन बाँकी छ । उपनिर्वाचनमा नेपाली काँग्रेसले दुई वडाध्यक्ष जितेको छ । नेकपा एमालेले पनि दुई वडाध...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलराम सरदार थारूलाई १ हजार ६ सय ३६ मतले पराजित गर्दै माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादीका माझी ६ हजार ९ सय ६९ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । काँग्रेसका थारूले ५ ...
error: Content is protected !!