भुक्तानी माग्न जाँदा पाख्रीबास नगर प्रमुखले दुर्व्यवहार गरेको आरोप
धनकुटा । जालपादेवी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वृषबहादुर राईले आफूलाई पाख्रीबासका नगरप्रमुख ज्ञानबहादुर गुरुङले दुर्व्यवहार गरेको बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले आफूलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरिएको बताएका हुन् ।
पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी क्याम्पसमा नगरबाट आर्थिक वर्ष ०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन भएको थियो । सोही अनुसार भएको कामबारे कागजी अभिलेखसहित नगरमा ...


























