संगालोखबर


विराटनगर । खोटाङमा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मदन गिरी र उनका पछाडि बस्ने लक्ष्मीप्रसाद गिरी घाइते भएका हुन् ।

उनीहरूको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान ना १ ज ६२१९ नम्बरको सुमो र बा ९३ प १९१३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

Advertisement

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाबाट अर्खाैले जाँदै गरेको मोटरसाइकल र बुइपाबाट दिक्तेल आउँदै गरेको सुमो मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलाको पानीट्याङ्की नजिकै दुर्घटनामा परेका हुन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!