एमाले धनकुटाका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
धनकुटा । नेकपा (एमाले) धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको एमाले पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।
सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शिव आङ्ला लगायत पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए । त्यसपछि अध्यक्ष आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिब पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा र...




























