संगालोखबर

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करले एकजना महिलाको मृत्यु भएको छ । आज साँझ भएको दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन् ।

Advertisement

प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा त्यसमा सवार उर्लाबारी–६ की सीता बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका आठ वर्षीय छोरा प्रशान्त घाइते भएका हुन् । उनको मदन भण्डारी ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले चालकसहित टिपरलाई नियन्त्रणमा लिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!