विराटनगर । रियालिटी शो कमेडी च्याम्पियन सिजन–३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् । यस्तै, नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनरअप बनेकी छन् ।
उपाधि विजेता खड्काले २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पुरस्कार पाउनेछन् । फाइनलमा पुगेका तीनै जनाको १५–१५ लाख रुपैयाँको जीवन बीमा पनि गरिएको आयोजकले जनाएको छ ।