संगालोखबर

झापा । लागुऔषधसहित झापामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध भित्र्याउन सक्रिय बनेका उनलाई प्रहरीले झापा गाउँपालिका–५ बाट पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम छन् । उनको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगर, ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय रुपैयाँ र एउटा मोबाइल फोन बरामद गरेको छ ।

शनिबार बेलुका झापा गाउँपालिका–५, पान्तपाडामा जाँचका क्रममा आलमको साथबाट प्रतिबन्धित लागुऔषध फेला परेको हो । प्रहरीका अनुसार उनी भारतीय नम्बर प्लेट बीआर ३७ एच ९५५५ को मोटरसाइकलमा सवार थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!