संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो ।

Advertisement

कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल पंखा वितरण गरेका थिए ।

वडाध्यक्ष बस्नेतका अनुसार वडाभित्रका सबै ज्येष्ठ नागरिकले पंखा कार्यक्रमलाई निरन्तरता दिइनेछ । वडाभित्र १ सय ७० जना ज्येष्ठ नागरिक रहेको तथ्यांकमा उल्लेख छ । उनीहरू सबैलाई टेबल पंखा वितरण गरिने जनाइएको छ ।

यसअघि वडाको आर्थिक सहयोगमा ज्येष्ठ नागरिकहरूलदाई स्वर्गद्वारीसहितका विभिन्न स्थलको ७ दिने धार्मिक यात्रासमेत गराइएको वडाध्यक्ष बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!