संगालोखबर

खोटाङ । १३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा खोटाङका एकजना शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारबाट बालिका गर्भवती भएको थाहा पाएपछि पीडित पक्षका तर्फबाट घटनाबारे जानकारी गराइएको थियो ।

Advertisement

त्यसकै आधारमा हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारको घटना सुरुमा गुपचुप रहेको तर बालिका गर्भवती भएपछि सोधीखोजी गर्दा थाहा भएको स्थानीय बासिन्दाले प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काका अनुसार पक्राउ परेका शिक्षकलाई आज अदालतबाट म्याद थप गराएर थप अनुसन्धा अघि बढाउने तयारी गरिएको छ । प्रहरीले पीडक भनिएका शिक्षकको नाम सार्वजनिक गरेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!