संगालोखबर


विराटनगर । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

माडी गाउँपालिका–२, घर्तीगाउँबाट माडी–४ मा पर्ने तलाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा आज अपरा्हन दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

Advertisement

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाका मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!