संगालोखबर


सिरहा । सिरहामा पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार नरहा गाउँपालिका–३ का सुशील मण्डका सात वर्षीय राहुल मण्डल र उनका भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।

हिजो दिउँसोदेखि हराइरहेका उनीहरुलाई प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यस क्रममा आज बिहान बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा उनीहरु मृत भेटिएका हुन् ।

Advertisement

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडेको खाल्डोमा पानी जमेर पोखरी बनेको स्थानमा उनीहरु डुबेका थिए । ठेकेदारको लापर्बाहीले बालकहरुको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!