विराटनगर । प्रदेश राजधानी विराटनगर महानगर क्षेत्रका व्यापारीबाट रकम असुल्न सक्रिय नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक ५८ वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

आफू बहालवाला प्रहरी भएको भन्दै धम्क्याएर व्यापारीहरुबाट रकम असुलेको आरोपमा विराटनगर–८ का उनलाई पक्राउ गरिएको हो । उनले महानगरका विभिन्न स्थानका व्यापारीबाट रकम असुल्ने गरेको सूचना स्थानीय बासिन्दाले प्रहरीलाई दिएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफू पदमा भएका बेलाको परिचयपत्र देखाएर धम्क्याउँदै रकम असुल्ने गरेको पाइएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बस्नेतले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!