संगालोखबर

झापा । २०८० सालको माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा झापाबाट सर्वोत्कृष्ट नतिजा ल्याएकी कमल गाउँपालिकाकी विद्यार्थी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

Advertisement

आफ्नो पेसबुक पेजमार्फत् ओलीले आज बिहान बस्नेतलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘दमककी यी नानी कुशिका बस्नेतलाई यस वर्षको एसईई परीक्षामा गृह जिल्ला झापामा प्रथम स्थान हासिल गरेकोमा बधाई छ ।’

बस्नेत ओलीको निर्वाचन क्षेत्र नम्बर ५ की बासिन्दा हुन् । कमल–५ पाडाजुँगीकी उनले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट परीक्षा दिएकी थिइन् । झापाबाट एसईईमा ४ जीपीए ल्याउने उनी एकमात्र विद्यार्थी हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!