झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता, मोटरसाइकल पनि बग्यो
विराटनगर । झापामा बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा एक बालिका र दुई जना पुरुष बेपत्ता भएका हुन् । हिजो झापाको कमल गाउँपालिका-१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको छ ।
यसैगरी कचनकवल गाउँपालिका-१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको प्रहरीले जनाएको छ । गौरीगञ्ज...































