पूर्वी नाकाबाट भित्रियो चार अर्बभन्दा बढीको तरकारी
झापा । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको तरकारी आयात भएको छ । एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेडा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।
उक्त कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा ५७ करोड ५३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रि...






























