बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ
झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ ।
उनको मृत्यु शङ्...




























