धनकुटामा भलिबल उत्सव विवाद : टिम कोचसहित चार खेलाडीमाथि लगाइयो प्रतिवन्ध
धनकुटा । धनकुटाको टुँडिखेलमा आयोजना गरिएको भलिबल उत्सवमा अराजक गतिविधि गरेको आरोपमा जिल्ला भलिवल संघले टिम कोचसहित चार जना खेलाडीलाई कारवाही गरेको छ ।
जिल्ला भलिवल संघविरुद्ध नारावाजीसहित अराजक गतिविधि गरेको भन्दै महालक्ष्मी नगरपालिका–३ का प्रशिक्षकसहित चार जना खेलाडीलाई दुई वर्षका लागि खेलमा प्रतिवन्ध लगाइएको हो ।
कारबाही पर्नेमा टिम कोच सुजन पौडेलसहित सन्तोष निरौला, नरेशजंग थापा र सुजन तामाङ...





























