फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो
पाँचथर । त्रिभुवन आर्मी क्लब पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लबसँग ४-२ गोल अन्तरले पराजित हुँदै विभागीय टोली घर फर्किएको हो ।
निर्धारित समयमा बराबरीमा टुङ्गिएको खेल टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका तर्फबाट आशिष चापागाईँ, विशाल दर्जी, राम वाजी र निरोज लिङ्देनले गोल गरेका थिए । आर्मीका निरज कुमार घिसिङ र सन्तोष केसीले गोल गरेपन...





























