टी–१० क्रिकेटः तीन खेलमा एनबीएससीको दुई जित
विराटनगर । प्रथम कोशी प्रदेश दिवा–रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । जितसँगै एनबीएससीले चार अंक जोडेको छ ।
विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ८ विकेटले पराजित गर्दै एनबीएससीले लगातार दुई जित हात पारेको हो ।
पूर्वाञ्चलले दिएको ८५ रनको लक्ष्य एनबीएससीले ६.४ ओभरमा...































