संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव–२०८१ का अवसरमा आयोजना गरिएको डोको बोकेर दौडने प्रतियोगितामा छत्र कार्की प्रथम भएका छन् । आज सम्पन्न प्रतियोगितामा फक्तालुङ गाउँपालिकाका कार्की प्रथम भएका हुन् ।

Advertisement

कार्कीले निर्धारित दूरी एक घण्टा १५ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई दोस्रो भएका छन् । उनले निर्धारित दूरी १ घण्टा १९ सेकेण्डमा पूरा गरेका थिए ।

प्रतियोगितामा तेस्रो भएका मिक्वाखोला गाउँपालिका–३ का मिङ्मा शेर्पा विचारीले १ घण्टा २० सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । फक्ताङलुङ गाउँपालिकाका सन्चबहादुर शेर्पा चौथो र मिक्वाखोला गाउँपालिकाका फुरलाक्पा शेर्पा पाँचौँ स्थानमा आए ।

यस्तै, मैवाखोला गाउँपालिकाका वाङगेल शेर्पा छैटौँ र फुङलिङ नगरपालिका ३ का दिपेन्द्र सुजी सातौँ स्थानमा आएका थिए ।

प्रतियोगिताको प्रथम हुनेले नगद ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा १८ जना धावकको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!