संगालोखबर

बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो झापाको बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Advertisement

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक निलो उपाधिनजिक पुगेको हो ।

खेलको ४८ औँ मिनेटमा पूर्वेलीका चन्द्रकुमार गिरीले चन्द्रगढीका गोलकिप्पर डिबक्सभित्र अलमलिएको मौकामा बलले जाली चुमाएका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेनन् । गिरीको गोल नै जितका लागि पर्याप्त भयो ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच पूर्वेलीका चन्द्रकुमार गिरी भए । उनले नगद २ हजार ५०० र ट्रफी पाए । भोलिको अन्तिम सेमिफाइनल खेल विराट मेगा भेट्रान्स एफसीले आयोजक रातोसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २ हजार ५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।

पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । १५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!