संगालोखबर


विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी र भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् ।

विराटनगर सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तर र कटिहार दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

Advertisement

विराटनगर जुटमिलको खेलमैदानमा आज शुक्रबार भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो । विराटनगरका अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि वाइआरसीसीले जितेको छ ।

अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हिर्काए । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन् ।

विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक कटाएका थिए । त्यसैगरी, इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए ।

सुनसरीका समिर तिम्सिना र भुपाल लुईँटेलले समान २–२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १–१ विकेट लिए । विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो ।

सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २–२ विकेट लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!