संगालोखबर


विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसीसी फाइनलमा पुग्न सफल भएको हो ।

जितसँगै वाइआरसीसीले आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा भारत विहारको कटिहार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुने दोस्रो सेमिफाइनको बिजेता टिमसँग उपाधिको लागि खेल्ने निश्चित भएको छ ।

Advertisement

टस जितेर ब्याटिङ रोजेको वाइआरसीसीले १९.४ ओभरमा सबै विकेट गुमाई २५१ रन बनाएको हो । वाइआरसीसीको जितको लागि इमरन नाजिरले आक्रामक ब्याटिङ गर्दै शतक कटाए । ३८ बलमा उनले १४ छक्का र ३ चौका हिर्काउँदै १०४ रन बनाएका हुन् ।

वाइआरसीसीका देव खनालले अर्धशतक कटाए । २६ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ६१ रन बनाए । अभिषेक पल र सन्दिपले समान २३–२३ रन ल्याए । एनबीएससीका बलर अनुभवले कसिलो बलिङ गर्दै २.४ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए । राहुल र राहुल किशोरले समान २–२ विकेट लिए ।

वाइआरसीसीले दिएको २५२ रनको लक्ष्य पछ्याएको एनबीएससीले १२. १ ओभरमा सबै विकेट गुमाई १३५ रन मात्रै बनाउन सक्यो । एनबीएससीका राहुल रिमालले २० बलमा अर्धशतक ५० रन बनाए । उनले ७ छक्का र १ चौका हिर्काए । राहुल चौधरीले २० बलमा ४७ रन बनाउँदा एनबीएससीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

वाइआरसीसीका अलराउन्डर खेलाडी अभिषेक पाठकले कसिलो बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । नारायण जोशीले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्लेर अफ द म्याच सर्वाधिक रन ल्याउने वाइआरसीसीका इमरन नाजिर घोषित भए । उनले तीन हजार रुपैयाँ पुरस्कार पाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!