संगालोखबर

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेका छन् । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै होराइजन उपाधि नजिक पुगेको हो ।

Advertisement

उपाधिका लागि दुई टिमबीच मंगलबार दिउँसो १ बजे खेल हुनेछ । यसअघि विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसीसी फाइनलमा पुगिसेको छ ।

आइतबारको खेलमा कटिहारले दिएको १७४ रनको लक्ष्य होराइजनले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ पूरा गर्यो । फाइनमा पुर्याउन होराइजनका ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिङ गरे । उनले अविजित ५३ बलमा ७५ रन बनाए । उनले ७ छक्का र ४ चौका हिर्काए ।

सर्वाधिक रन बनाउने सन्तोष प्लेर अफ द म्याच घोषित भए । दिपेश कन्डेलले १५ बलमा ३० रनको योगदान दिए । उनले २ छक्का र ३ चौका हिर्काए । सोनु अन्सारी र धिरेन शाक्यले समान १८–१८ रन बनाए । कटिहारका भानु आनन्द र अशोक कुमारले समान २–२ विकेट लिए । अजित राजले १ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कटिहारले १९ ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो । कटिहारका करण कुमारले ३८ बलमा ७४ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे ।

सरोजले २४ बलमा ३३ रन, अन्सुनी कुमारले २२ रनको योगदान दिए । होराइजनका फिरोसजन अन्सारी र श्रवण किस्कुले समान ३–३ विकेट लिए । अभिषेक तिम्सिनाले २ विकेट र सन्तोष कार्कीले १ विकेट लिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!