संगालोखबर
नेपाली क्रिकेट टिम । तस्वीरः क्यान

विराटनगर । आइसिसी टी–२० विश्वकपमा सहभागी हुनुअघि नेपालले क्यानाडा र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अनुसार टेक्सासमा अमेरिका र क्यानाडासँग अभ्यास खेल खेल्ने भएको हो ।

नेपालले जेठ १४ (मे २७) मा क्यानाडा र जेठ १७ (मे ३०) मा अमेरिकासँग खेल्ने भएको हो । नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप जोरा प्रमुख ब्याटरको रूपमा छन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र गुल्सन झा अलराउन्डर छन् ।

Advertisement

यसैगरी, सोमपाल कामी, करण केसी, प्रतिश जिसी र कमलसिंह ऐरी तीव्र गतिको युनिटमा छन् । स्पिनरका रूपमा सागर ढकाल र ललित राजवंशी छन् । टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदैछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!