याङपाङलाई हराउँदै पाँचखपनले जित्यो भलिवलको उपाधि (भिडियोसहित)
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ रामबजारमा सञ्चालित नगरपालिका/गाउँपालिका अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको पाँचखपन नगरपालिकाको टिमले जितेको छ । आइतबार भएको फाइनल खेलमा भोजपुर याङपाङको टिमलाई पराजित गर्दै पाँचखपनले उपाधि जित्न सफल भएको हो ।
उपाधिसँगै पाँचखपनले प्रमाणपत्र, मेडल र ट्रफीसहित ४० हजार नगद पाएको छ भने उपविजेता याङपाङले २५ हजारमा चित्त बुझाएको छ । विज...































