धरानबाट लागूऔषधसहित दुई दम्पती पक्राउ

धरानबाट लागूऔषधसहित दुई दम्पती पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषधसहित दुई दम्पती पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-३ गौधाराबाट लागूऔषधसहित मेडिकल सञ्चालक दम्पती र धरान-८ बाट अर्को एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । गएराति मेडिकल पसलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार्टुनमा लुकाएर राखेको अवस्थामा नियन्त्रित लागूऔषध फेला पारेको थियो । प्रहरीले ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजा...
तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकामा स्कारपियो दुर्घटना भएको छ । आज बिहान करिब ६ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मर्निङवाकमा सहभागि हुन यात्रु लिएर चुहानडाँडा तर्फ जाँदै गरेको प्र १-०२-००२ र च ७७३३ नम्बरको स्कारपियो दुर्घटना भएको हो । दुर्घटनामा पूर्व राज्यमन्त्री द्वय रामकुमारी चौधरी र मुक्साङ मेनाङवोसहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका ...
पहिचान पक्षधरको बन्दले मेची राजमार्ग र तमोर करिडोर ठप्प

पहिचान पक्षधरको बन्दले मेची राजमार्ग र तमोर करिडोर ठप्प

विराटनगर । पाथिभरा क्षेत्रमा माघ १२ गते ‘नो केबलकार’ पक्ष र सुरक्षाकर्मीबीच भएको झडपलाई लिएर पहिचान पक्षधरले मेची राजमार्ग र तमोर करिडोर बन्द गरेका छन् । आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले सवारी साधन आवत-जावतमा रोक लगाएका छन् । केही बन्दकर्ताहरू धरान बन्द गर्दै तमोर करिडोरतर्फ लागेका छन् । तमोर कोरिडोर ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मेची राजमार्ग ताप्लेजुङदेखि पाँचथरक...
धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धनकुटा । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति चौबिसे गाउँपालिका-८ फेदी स्थित कच्ची सडकखण्डमा को २ त ४९७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्टरका सह-चालक चौबिसे-८ चौतराका २२ वर्षीय शम्भु लिम्बु घाइते भएका हुन् । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब सय मिटर तल झरेको छ । ट्याक्टर घ...
मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

विराटनगर । मोरङमा एकै परिवारका ३० जनाले बाबुको काजकिरिया गरेका छन् । बुढीगंगा गाउँपालिका-४ का ८८ वर्षीय शारदाप्रसाद भट्टराईको निधन भएपछि छोरा, छोरी र बुहारीसहित ३० जनाले काजकिरिया गरेका हुन् । भट्टराईका तीन जना श्रीमती छन् । उनीहरूबाट १० छोरा र आठ छोरीको जन्म भयो । जसमध्ये एक छोरीको भने निधन भइसकेको छ । बुढीगंगा-४ नेमुवास्थित छोरा गोविन्द भट्टराईको घरमा बाबुको काजकिरिया गरिएको हो । स्वर्गीय भट...
मनमोहनमा एलएलबीको पढाइ सुरु 

मनमोहनमा एलएलबीको पढाइ सुरु 

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाइ सुरु भएको छ । विश्वविद्यालयको  ‘स्कुल अफ अप्लाइड साइन्स टेक्नोलोजी अफ ल’ अन्तर्गत व्यवस्थापन कानुन ‘बिबिए एलएलबी’ स्नातक तहको पढाई आजबाट औपचारिक रूपमा सुरु भएको हो । विश्वविद्यालयले कानुन अध्ययन गर्न भर्ना भएका बिबिए एलएलबी तहका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई अभिभुखिकरण गराएको छ । मनमोहन प्राविधिक विश्वविद्या...
एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने तय भएको छ । सोमबार विराटनगरमा बसेको जिल्ला सङ्गठन कमिटीको तेश्रो पूर्ण बैठकले फागुन १७ देखि १९ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो । पाटी भित्र आन्तरिक विवा...
भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुर । भोजपुरमा टिपर दुर्घटना भएको छ । गएराति करिब १२ बजेको समयमा हतुवागढी-८ मा टिपर दुर्घटना भएको हो । दुर्घटनामा चालक सुनसरीको इटहरी-४ का अन्दाजी ३० वर्षीय अमरबहादुर राई र सह-चालक भोजपुर अरुण गाउँपालिका-१ का अन्दाजी २४ वर्षीय कर्ण भुजेल घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्त...
चौबिसेको कौशिका धाम ओझेलमा

चौबिसेको कौशिका धाम ओझेलमा

धनकुटा । धनकुटाको चौबिसेमा रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल कौशिका धाम ओझेलमा परेको छ । पर्याप्त पूर्वाधार विकास र बाह्य प्रचारप्रसार नहुँदा कौशिका धाम ओझेलमा परेको हो । चौबिसे गाउँपालिका-४ र ५ को संगमस्थल हंसमोरङस्थित त्रिवेणी घाटमा कौशिका धाम छ । कौशिकालाई पवित्र तीर्थस्थल तथा पुण्य धामको रूपमा समेत मानिन्छ । तमोर नदी, तेलिया र छरुवा खोलाको संगम स्थलमा कौशिका धाम पर्दछ । पद्मपुराणमा कौ...
झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिका-१ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दीबारी-१ का २० वर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ का २३ वर्षीय सक्षम भट्टराईलाई पक्राउ परेका हुन् । उनीहरूको साथबाट पाच सय १० मिलिग्राम ब्राउन सुगर ...
केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

विराटनगर । ताप्लेजुङमा केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्नेसम्मको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रेस विज्ञप्ति जारी गर्दै सो समूहले एक्कासि ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गर्न थालेपछी उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीले आत्मरक्षाको अन्तिम विकल्पको रूपमा हवाई फायर गर्ने सम्मको अवस्था आएको जनाएको हो । पाथीभरा मुक्कुमलुङ केबलकार द...
पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

पहिचानवादीहरू ताप्लेजुङमा खनिए : नगर प्रमुख मादेन

विराटनगर । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादका कारण सो क्षेत्र अशान्त बन्दै गएको छ । पहिचान पक्षधरले केबलकार निर्माण गर्न नदिने अडान कस्दा बनाउन दिने र नदिने पक्षबीचको विवाद झडपमा मात्र सीमित नभएर गोली चल्ने सम्मको अवस्थामा पुगेको छ । शनिबार पहिचान पक्षधरले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलायो । सुरक्षाकर्मी र आन्दोलनरत पक्षका केही घाइते समेत भए । ताप्...
प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत निर्वाचित भएकी छन् । ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भएकी छन् । उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत निर्वाचित भएक...
भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

विराटनगर । भारतबाट उद्धार गरिएका विराटनगरका पाँच जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । विभिन्न समयमा हराएका दुई बालक र तीन बालिकालाई आज परिवारको जिम्मा लगाइएको हो । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवस...
धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटा । धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा बरामद गरिएको उक्त परिमाणको गाँजा धनकुटा-९ मुलघाट स्थित तमोर नदि किनारमा जलाएर नष्ट गरिएको हो । साँगुरीगढी गाउँपालिकाबाट विभिन्न समयमा बरामद भएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुमन खड्काले बताए । प्रहरीले साँगुरीगढीको भेडेटार र चाँदीबजारबाट विभिन्न समयमा गाँजा बरामद गरेको थियो ।
इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

विराटनगर । इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । शुक्रबार उपमेयर सङ्गीता चौधरीसहित वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि आक्रामक ढङ्गबाट प्रस्तुत भएपछि कर्मचारी आन्दोलित भएका हुन् । आज केहीसमय आन्दोलन गरेर कर्मचारीहरू काममा फर्किएका थिए । प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताका अनुसार जनप्रतिनिधिहरूले प्रशासन शाखा प्रमुखलाई थर्काएको विषयलाई लिएर कर्मचारीहरू आन्दोलि...
पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

विराटनगर । पहिचान पक्षधरले माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । आज विज्ञप्ति जारी गर्दै मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गर्ने उनीहरूले घोषणा गरेका हुन् । उनीहरूले विभिन्न मागसहित अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । उनीहरूले मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । चन्द्र ढक...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइएको छ । आज उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो । झडपमा गम्भीर घाइते भएका धर्म पालुङ्वा, सगुन लावती र यामबहादुर लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अन...
विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगर । विराटनगरबाट हराएका पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शनिबार तीन जना बालक र दुई जना बालिकालाई बिहारबाट उद्धार गरेर विराटनगर ल्याइएको हो । सात देखि १७ वर्ष उमेर समूहका उनीहरूमध्ये दुई जना एक वर्ष अघि र तीन जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरूको घर विराटनगर १, ८, १४ र १९ नम्बर वडामा पर्छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरूलाई राष्ट्र...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी भएको छ । शनिबार पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटर माथिको क्षेत्रमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप भएको हो । झडपमा २६ जना घाइते भएका छन् । जसमा २१ जना सुरक्षाकर्मी र पाँच जना आन्दोलनकारी छन् । आन्दोलनरत पक्षले प्रहरीले पाँच जनालाई गोली हानेको दाबी छ । गोली लागेका मध्ये तीन जनाको अवस्था ...
राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रन्छ : अर्थमन्त्री पौडेल

राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रन्छ : अर्थमन्त्री पौडेल

विराटनगर । सङ्घीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजनीति बिग्रियो भने अर्थतन्त्र बिग्रिने बताएका छन् । आज विराट एक्स्पो-२०२५ को उद्‌घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीति नीति मध्येको मुख्य नीति हो’, अर्थमन्त्री पौडेलले भने, ‘राजनीति बिग्रियो भनेदेखि अर्थतन्त्र बिग्रिन्छ । समाजका यावद प्रबन्धहरू बिग्रन्छन् । त्यसकारण राजनीति दुरुस्त नभइकन अर्थतन्त्र दुरुस्त ह...
आठौं संस्करणको विराट एक्स्पो सुरु

आठौं संस्करणको विराट एक्स्पो सुरु

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो सुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्‌घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित चार देशका दुई सय ६८ स्टल रहेका छन् । मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, संघ प्रदेश र स्थानीय तहका करका दर...
सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

विराटनगर । सङ्खुवासभामा बोलेरो गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान मकालु गाउँपालिका-५ रानी ढुङ्गा स्थित कोशी राजमार्गमा नुमबाट खाँदबारीतर्फ जाँदै गरेको ग १ ज ४९७३ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर-५ का २४ वर्षीय जीवन अधिकारी र बोलेरो चालक खाँदबारी नगरपालिका-११ का २९ वर्षीय कविराज श्रेष्ठ घाइते भएका छन् । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाए...
युवा जनसहभागिता विद्यालयले स्थापना दिवस मनायो

युवा जनसहभागिता विद्यालयले स्थापना दिवस मनायो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ स्थित युवा जनसहभागिता आधारभूत विद्यालयले स्थापना दिवस मनाएको छ । बिहीबार विद्यालयले खेलकुदसँगै विभिन्न सांस्कृतिक कार्यक्रम कार्यक्रम गर्दै ३९ औं स्थापना दिवस मनाएको हो । विद्यालयले आन्तरिकतर्फ कक्षा १ देखि ३ सम्म चम्चा दौड,  कक्षा ४ देखि ५ सम्म हाजिरीजबाफ र कक्षा ६ देखि ७ सम्मका छात्राहरूको लागि बोरा दौडको आयोजना गरेको थियो । यसैगरी नगरभित्रका पाँच व...
इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलाम । इलाममा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । रोङ गाउँपालिका-४ बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । बिहीबार प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुर्याेदय नगरपालिका-८ का ३१ वर्षीय मुस्कान तामाङ र सुर्याेदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङ पक्राउ प...
विराटनगरसहित तराइका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

विराटनगरसहित तराइका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

विराटनगर । बाक्लो हुस्सु र शीतलहरले विराटनगरको जनजीवन प्रभावित भएको छ । आज बिहानै देखिको शीतलहरले जनजीवन प्रभावित भएको हो । विगत केही दिनदेखि हुस्सु र कुहिरो लागेपनि आजबाट शीतलहर सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तराई मधेसका धेरै भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर ...
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण 

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण 

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् । त्यसैगरी सदस्यमा नम्रता न्यौपाने, एलिसा ...
धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

धनकुटा । धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट पत्रकारहरूले धनकुटा-७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीहरूलाई स्विटर, टोपी, कपी र कलम प्रदान गरेका हुन् । सदैझै यो वर्ष पनि धनकुटाका एक दर्जन बढी पत्रकारहरूले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खे...
धनकुटाको लेगुवामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

धनकुटाको लेगुवामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवा स्थित राम बजारमा अनुगमन गरिएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख आनन्द डङ्गोल नेतृत्वको टोलीले अनुगमन गरेको हो । किराना पसल, होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनमा म्याद नागेका खाद्य तथा पेय पदार्थ भेटिएको थिए । नौ हजार नौ सय ६४ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट गरिएको छ । ...
धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ बाट प्रतिबन्धित लागूऔषधसहित जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा –७ का २१ वर्षीय किरण राई रहेका छन् । उनको साथबाट लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला परेको थियो । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ...
विराटनगरमा मापदण्डविपरीत रात्रिकालीन व्यवसाय सञ्चालन

विराटनगरमा मापदण्डविपरीत रात्रिकालीन व्यवसाय सञ्चालन

विराटनगर । विराटनगरमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । रात्रिकालीन सञ्चालन हुने होटल, गीत-गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई बुझाएको प्रतिवेदनमा यस्तो पाइएको हो । अनुगमनका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर-२ का अ...
error: Content is protected !!