धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

धनकुटा । धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज दिउँसो पाख्रीबास नगरपालिका-३ मा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका हुन् । सङ्खुवासभा तर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०४४ प ७४५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-०५० प ६१०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा ७४५ नम्बरको मोटरसाइकलका चालक सङ्खुवासभ...
धनकुटामा ७३ वर्षीया वृद्धाको साथबाट यसरी लुटियो वृद्धभत्ता (भिडियोसहित)

धनकुटामा ७३ वर्षीया वृद्धाको साथबाट यसरी लुटियो वृद्धभत्ता (भिडियोसहित)

धनकुटा । धनकुटा बजारमा दिउँसै लुटपाट भएको छ । धनकुटाको हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि बुधबार दिउँसो करिब १२ बजे ७३ वर्षीया वृद्धा रत्नमाया तामाङको साथबाट करिब डेढ लाख नगद लुटिएको हो । धनकुटा नगरपालिका-१० घर भएकी वृद्धा तामाङ मदनचोकस्थित माछापुच्छ्रे बैङ्कबाट वृद्धभत्ता निकालेर बजारतिर जाँदै गर्दा लुटिएकी हुन् । वृद्धा तामाङका अनुसार उनले तीन महिनाको वृद्धभत्ता बापत प्राप्त भएको १२ हजार पैसा...
मोरङको सुनवर्षीमा नालीमा डुबेको अवस्थामा पुरुषको शव फेला

मोरङको सुनवर्षीमा नालीमा डुबेको अवस्थामा पुरुषको शव फेला

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काजीजान टोलमा एक पुरुषको शव फेला परेको छ । आज बिहान सुनवर्षी–६ का अन्दाजी ५५ वर्षीय कात्तिकलाल सुतिहारको शव नालीमा डुबेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार आज बिहान शव भेटिएको भनेर साढे आठ बजेतिर खबर आएको थियो । घटनास्थलमा साइकल पनि भेटिएकाले मंगलबार राति घर जाने क्रममा चिप्लिएर नालीमा झरेको हु...
मोरङको रङ्गेलीमा कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी

मोरङको रङ्गेलीमा कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी

विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी भएको छ । रंगेली-२ जलिया टोलमा इष्टर्न स्टार कृषि फार्मभित्र राखिएको बा ३ क ३५९६ नम्बरको स्काभेटरमा आगलागी भएको हो । आज बिहान करिब ६ बजेको समयमा स्काभेटरमा आगलागी भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए । आगो लागेको विषयमा स्काभेटरका मालिक यशोदा राईले जानकारी गराएपछि प्रहरीको ट...
भोजपुरको अरुण गाउँपालिकामा बुधबार शोक बिदा

भोजपुरको अरुण गाउँपालिकामा बुधबार शोक बिदा

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले पूर्व वडाध्यक्षको निधनमा शोक बिदा दिएको छ । वडा नम्बर-५ याकुका पूर्व वडाध्यक्ष तथा विश्वप्रेमी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ध्यानबहादुर राईको निधन भएपछि गाउँपालिकाले बुधबार शोक बिदा दिएको हो । आज गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एक सूचना जारी गर्दै राईको निधन प्रति सिङ्गो गाउँपालिका नै स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । बुधबार अत्यावश्य...
नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा 

नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा 

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि भित्र्याएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक नोबेलले ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको छ ठाउँमा मात्रै उपलब्ध भएको बताइएको छ । उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापीको उपकरण ‘एडीजीइ’ ल्याएर नोबेलले सेवा सुरु गरेको हो...
माघ १० गतेदेखि हिसान मोरङको खेल सप्ताह 

माघ १० गतेदेखि हिसान मोरङको खेल सप्ताह 

विराटनगर । उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आगामी माघ १० गतेदेखि खेल सप्ताह आयोजना गर्ने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसानले खेल सप्ताहका बारेमा जानकारी गराएको हो । माघ १० गतेदेखि सुरु भएको खेल सप्ताह १६ गतेसम्म सञ्चालन हुने छ । गतवर्षबाट साबिकमा सञ्चालन गर्दै आएको बाहेक महिला फूटबल र कबड्डी थप गरेर गर्विलो सुरुवात गरिएको मोरङ हिसानका अध्यक्ष अमित ढकालले बताए । खेल सप...
विराटनगर जुनियर जेसीजको टेस्टी-टेस्टी हाजिरी जवाफ माघ ९ देखि

विराटनगर जुनियर जेसीजको टेस्टी-टेस्टी हाजिरी जवाफ माघ ९ देखि

विराटनगर । विराटनगर जुनियर जेसीजले २९ औं संस्करणको टेस्टी-टेस्टी हाजिरी जवाफ  प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रम माघ ९ गते देखि ११ गते सम्म हाटखोला स्थित आरोहण गुरुकुलमा संचालन हुने छ । कार्यक्रममा १८  वटा स्कुल सहभागी हुने जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार र तेस्रो पाँच हजार राखिएको छ ।
बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर-१९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक मनोनयन गरेको छ । खेलकुद विकास बोर्डको २३ औं बैठकले प्रदिपकुमार भगत थारूलाई मनोनयन गरेको हो । बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको सदस्य पदमा विराटनगर-१९ का वडाध्यक्ष श्याम घिमिरे, राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोज विक्रम शाह, अ...
तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुम । तेह्रथुममा शंकास्पद बस्तु भेटिएको छ । म्याङ्लुङ नगरपालिका-१ डाँडागाउँमा चन्द्र जोशीको बारीमा शंकास्पद बस्तु भेटिएको हो । सोमबार दिउँसो स्थानीय चन्द्र जोशीको बारीमा प्लाष्टिकले बेरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रमोद खड्काले जानकारी दिए । ‘धनकुटाको हिलेबाट सोमबार नै सेनाको टोली आएको छ’, खड्काले संगालोखबरसँग भने, ‘शंकास्पद बस्तुको डिस्प...
धरानमा साथीमाथि खुकुरी प्रहार गरेको आशङ्कामा पाँच जना पक्राउ

धरानमा साथीमाथि खुकुरी प्रहार गरेको आशङ्कामा पाँच जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडमा साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । शनिबार राति स्थानीय २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट राई गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले संगालोखबरलाई जानकारी दिए । धरान-१३ का १८ वर्षीय उत्सव मगर, सोही स्थानका २१ वर...
झापामा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

झापामा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

झापा । झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ बजेतिर बुद्धशान्ति गाउँपालिका-४ हाफपाइन्ट चोकमा बोलेरो र अटो ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले संगालोखबरलाई जानकारी दिए । चारआलीबाट इलाम तर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरित दिशाबाट आउदैँ गरेको ...
भोजपुरमा बालिका बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

भोजपुरमा बालिका बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

भोजपुर । भोजपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका-८ पात्लेपानी का ४५ वर्षीय भक्तबहादुर थापालाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो । उजुरीमा गत भदौ १० बालिकालाई बलात्कार गरेको उल्लेख गरिएको जि...
मोरङमा प्रेमिकाले धोका दिएको भन्दै पुरुषले शरीरमा आगो लगाएपछि…

मोरङमा प्रेमिकाले धोका दिएको भन्दै पुरुषले शरीरमा आगो लगाएपछि…

विराटनगर । मोरङमा एक पुरुषले प्रेममा धोका पाएको भन्दै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । झापाको दमक नगरपालिका-७ घर भएका ४० वर्षीय विनोद थापाले शरीरमा आगो लगाएका हुन् । मोरङ प्रहरीका अनुसार थापाले आइतबार उर्लाबारी नगरपालिका-६ मा रहेको अन्नपूर्ण खाजा घर अगाडि गएर शरीरमा आगो लगाएका हुन् । थापाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वे...
कोशीको हिउँदे अधिवेशन आजदेखि

कोशीको हिउँदे अधिवेशन आजदेखि

विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौँ तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । गत असोज ४ गते कोशी प्रदेशको पाँचौँ अधिवेशन अन्त्य भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन...
धनकुटामा रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रहमाथि परिचर्चा 

धनकुटामा रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रहमाथि परिचर्चा 

धनकुटा । रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रहमाथि धनकुटामा चार्चा–परिचर्चा गरिएको छ । मिसन पोएट्रीको आयोजनामा कवि प्रेम प्रकाशको कविता संग्रह ‘रगतको तर्पण’ माथि चर्चा-परिचर्चा गरीएको हो । धनकुटाका कवि तथा अग्रज व्यक्तिहरूले कविता संग्रहमाथि चर्चा-परिचर्चा गरेका थिए । वक्ताहरू कवि मुकुन्द प्रयास, के.जी. सुब्बा र सावित्रा राईले कविता संग्रहका बारेमा आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए । सङ्ग्र...
धरानमा ट्रकको ठक्करबाट ८६ वर्षीय बृद्धको मृत्यु

धरानमा ट्रकको ठक्करबाट ८६ वर्षीय बृद्धको मृत्यु

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका–११ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्थानीय ८६ वर्षीय बृद्ध विर बहादुर लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । आइतबार दिउँसो प्रदेश १-०१-००१ क १२६१ नम्बरको मिनी ट्रकले बृद्धलाई ठक्कर दिएको थियो । चालक धरान-८ का ४८ वर्षीय सन्तवीर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइर...
देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाइँदैछ : महासचिव पोख्रेल

देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाइँदैछ : महासचिव पोख्रेल

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा अस्थिरता ल्याउन सामाजिक सञ्जाल दुरुपयोग गरेर भ्रम फैलाउँने काम भइरहेको बताएका छन् । एमालेले सञ्चालन गरेको जरा केन्द्रित तीन महिने अभियानको धनकुटा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत जनतामा निराशा फैलाउँदै समाज भड्काएर अस्थिरता सृजना गर्ने प्रयास भइरहेको भन्दै महासचिव...
विराटनगरको एभरेष्ट विद्यालयमा स्पोर्ट्स मिट सुरु 

विराटनगरको एभरेष्ट विद्यालयमा स्पोर्ट्स मिट सुरु 

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा स्पोर्ट्स मिट सुरु भएको छ । आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्‌घाटन गरेसँगै स्पोर्ट्स मिट २०८१ सुरु भएको हो । मेयर कोइरालाले एभरेष्ट एक अब्बल विद्यालयका रूपमा स्थापित भएको उल्लेख गरे । विद्यालयले अन्य विधा जस्तै खेलकुदलाई पनि उत्तिकै महत्वका साथ राखेको भन्दै उनले प्रशंसा गरे । ‘खेलकुद एउटा यस्तो माध्यम हो । जसबाट विश्वक...
खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासङ्घ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शीतल राय निर्वाचित भएका छन् । विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासङ्घको दोस्रो जिल्ला अधिवेशनबाट राय निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर (प्रभाकर) र नवीन थापा निर्वाचित भए । यसैगरी सचिवमा सागर केसी, सह-सचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर निर्वाचित हुँदा कोषाध्...
सङ्गठन बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ : रास्वपा सांसद ढकाल 

सङ्गठन बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ : रास्वपा सांसद ढकाल 

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद हरि ढकालले नेता तथा कार्यकर्ताहरूलाई सङ्गठन बलियो बनाउन निर्देशन दिएका छन् । रास्वपा धनकुटाको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘पहिला पार्टी सङ्गठन मजबुत बनाउन लाग्नुपर्छ’, उनले भने, ‘त्यसपछि मात्रै चुनाव केन्द्रित हुनुपर्छ ।’ देशमा भ्रष्टाचार मैलाएको र त्यसको अन्त्य गर्न रास्वपा लागिपरेको उनको भनाइ थिय...
केराबारी र बेलबारीमा दुई जना मृत फेला

केराबारी र बेलबारीमा दुई जना मृत फेला

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान केराबारी र बेलबारीमा दुई जना मृत फेला परेका हुन् । केराबारी गाउँपालिका-९ स्थित धरधरे सामुदायिक वनको भीरमा एक जना वृद्ध पुरुषको शव फेला परेको छ । केराबारी-८ का ६७ वर्षीय पर्शुराम न्यौपानेको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । शनिबार अपरान्ह घरबाट निस्किए उनी नफर्किएपछि आफन्तले खोजी ...
एमाले महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउँदै

एमाले महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउँदै

धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लागेका हुन् । कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्...
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि झापामा आक्रमण, उपचारपछि घर फर्किए 

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि झापामा आक्रमण, उपचारपछि घर फर्किए 

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापाको कन्काई नगरपालिका-१ मा आक्रमण भएको छ । आज नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्किनेक्रममा थापामाथि आक्रमण भएको हो ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले थापामाथि आक्रमण भएको पुष्टि गरे । उनले संगालोखबरसँग भने, ‘पूर्वमुख्यमन्त्री आफ्नो...
मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

मोरङको बुढीगंगामा बाँदर नियन्त्रण अभियान

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकमा उपभोक्ता समिति निर्माण गरेर बाँदर नियन्त्रण अभियान चलाइएको छ । गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याइदिएपछि उपभोक्ता समिति बनाएर बाँदर नियन्त्रण अभियान थालिएको हो । समितिले भारतबाट बाँदर समाउन सिपालु मान्छे ल्याएर १ सय ५० भन्दा बढी बाँदर बन कार्यालयलाई बुझाइसकेको छ । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईका अनुसार केही महिना अघि समिति...
दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

दमक अस्पतालमा आइसीयु निर्माण गर्न लायन्स क्लबले सहयोग गर्ने

झापा । झापाको दमक अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले सुविधा सम्पन्न आइसीयु निर्माण गर्न सहयोग गर्ने भएको छ । स्थानीय लायन्स क्लब र दमक नगरपालिकाको सहभागितामा ३२५ सीले आइसीयु निर्माणमा सहयोग गर्ने भएको हो । ३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले आइसीयु निर्माणका लागि बजेट छुट्याइसकेको छ । दमक अस्पतालमा आइसीयु अभाव हुँदा बिरामीहरूलाई धरान, विराटनगर...
ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, मोरङ र उदयपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका-१३ का ३० बर्षीय सनम राई २ ग्राम ३६ मिलिग्राम ब्...
धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटाको चौबिसेमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चौबिसे गाउँपालिका-५ बोधेका २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मंसिर २८ गते साँझ बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि युवकलाई पक्राउ गरिएको हो । उनले संगालोखबरसँग भने, ‘बहिनीलाई ललाइफ...
झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापाको एक होटलमा आगलागी हुँदा ८ लाख क्षति 

झापा । झापाको मेचीनगर नगरपालिका-१२ माइलाबारीस्थित एक होटलमा आगलागी भएको छ । आज बिहानको राति प्रदीप लिम्बुले सञ्चालन गरेको ‘होटल लिटल सेफ फास्ट फुट क्याफे’ मा आगलागी भएको हो । प्रहरीका अनुसार दामोदर दाहालको दुई तले घरको पहिलो तला भाडामा लिएर लिम्बुले होटल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट फ्रिज, र्‍याक, मदिरा, इन्भर्टर, ब्याट्री र नगद २५ समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगलागीबाट ८ लाख म...
भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

भेडेटारमा कार्यरत प्रहरी नायब निरीक्षक प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायब निरीक्षक रमेश प्रधान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साल पुस महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो । उनले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेका कारण सर्वोकृष्ट घोषित गरिएको जनाइएको छ । उनले पुष २५ ...
विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगरमा ढोका फुटाएर यसरी भयो पसलमा चोरी (सीसीटीभी फुटेजसहित) 

विराटनगर । विराटनगरको ट्राफिक चोक नजिक रहेको अरनवी ग्राफिक्स प्रिन्टर्समा बिहीबार राती चोरी भएको छ । न्युरो हस्पिटल जाने बाटोस्थित रेन्बो गल्लीमा रहेको सो पसलको ढोकाको सिसा फुटाएर राती करिब ९ बजे चोरी भएको हो । एक जना युवकले सिसा फुटाएर पसल भित्र प्रवेश गरी चोरी गरेको दृष्य पसलको सीसीटीभीमा कैद भएको छ । चोरले पसलमा रहेको पैसा राख्ने पर्स र कम्प्युटरको मनिटर लगेको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ...
error: Content is protected !!