उच्च अदालतको धनकुटा इजलासले टुङ्ग्यायो ३ सयभन्दा बढी मुद्दा
धनकुटा । उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा इजलासले गत आर्थिक वर्षमा ३७९ वटा मुद्दा फछ्र्यौट गरेको छ । आज अदालतले गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा यो जानकारी दिइएको हो । धनकुटा इजलासमा २०८० साउनदेखि २०८१ असार सम्ममा रहेका ४५२ मुद्दामध्ये ३७९ वटा टुङ्गो लगाइएको जनाइएको छ । जिम्मेवारी सरेका १३२ र नयाँ दर्ता ३२० गरी ४५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्...






























