उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार
विराटनगर । उपचारका लागि अस्पताल लगिएका जिल्ला कारागार मोरङका एकजना कैदी अस्पतालबाटै फरार भएका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमद आज बिहान फरार भएका हुन् ।
पेट दुख्ने समस्या भएपछि उनलाई उपचारका लागि दुई दिनअघि कोशी अस्पतालमा भर्ना गरिएको थियो । निगरानीका लागि राखिएका प्रहरीलाई छलेर उनी अस्पतालबाटै फरार भएका थिए ।
कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार उनको खोजी भइर...





























