विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष अखिल क्रान्तिकारीले जितेर इतिहास रचेको बताएका छन् । नवनिर्वाचित स्ववियु अध्यक्ष रोहित यादवलाई फोन गरेर बधाई दिँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले यादवसँगको टेलिफोन संवादमा भने, ‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्नु भनेको एउटा इतिहास रच्नु हो ।  देशभरि एउटा निकै राम्रो सन्देश गइसक्यो, अब हामी भोलि धेरै राम्रो गर्न सक्छौं ।’

टेलिफोन संवादमा यादवले प्रचण्डलाई भने, ‘ त्यो पालिको चुनावको अगाडि पनि हाम्रो सम्मेलनको बेला ल्याउन खोजेको थिए । समय मिलेन, यो पालि तपाईँले खुट्टा टेक्ने बेलामै त्यतिबेला मलाई जितको महसुस भएको थियो ।’

हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा प्रचण्ड गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पनि पुगेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!