
विराटनगर । विराटनगर-४ आयल निगममा आइतबार राति भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका करिब ५० वर्षीय नेपाल सरकारलाई ठक्कर दिएको थियाे ।
दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि नाेबेल अस्पताल लगिएकाेमा उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
उनी भारतको कोलकाताका स्थायी बासिन्दा भए पनि हाल विराटनगर–४ कदमगाछीमा भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए ।
मोटरसाइकल चालक भारत जोगबनीका २८ वर्षीय सौरभकुमार सुमन साह र पछाडि सवार २६ वर्षीय मोहम्मद दानिसलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

संगालोखबर 













