धनकुटाको पाख्रिबासमा पहिरोले गोठ बगायो
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-६ स्थित माझ गाउँमा पहिरोले गोठ बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरोले गोठ बगाउँदा पशुचौपाय मरेका छन् ।
गोठमाथिबाट झरेको पहिरोले स्थानीय ६४ वर्षीय आसपती तामाङको गोठमा रहेको एउटा राँगो, दुईवटा बाख्रा र एउटा खसी मरेका वडाध्यक्ष देवेन्द्र गुरागाइँले जानकारी दिए ।
त्यस्तै टोलका अन्य बस्ती समेत जोखिममा रहेका छन् । जोखिममा रहेका करिब एक द...






























