सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-५ मा पहिरोले ज्यान गुमाएको परिवारलाई प्रदेश सरकारले राहत प्रदान गरेको छ । आज प्रदेश सरकारले राहत स्वरुप एक लाख नगद सहयोग गरेको हो ।

कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पौडेलले पहिरोले पूर्ण रूपमा क्षति भएको घर निर्माण गर्न थप सहयोग गर्ने बताए ।

Advertisement

उनले थप राहत र सहयोगका लागि प्रतिवद्ध रहेको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी धनकुटाले पनि राहत सामाग्री हस्तान्तरण गरेको छ । त्रिपाल, कम्बल, भाडा, कपडा, प्लास्टिक बाल्टिनलगायत स्वास्थ्य सामाग्री वितरण गरीएको धनकुटाका रेडक्रस सभापति छत्र कुमार श्रेष्ठले जानकारी दिए ।

गत असोज १२ गते गुराँसे डाडाँमा घर माथिबाट खसेको पहिरोमा परेर आमा–छोरीको मृत्यु भएको थियो । पहिरोमा पुरिएर ८० वर्षीया लक्ष्मीशोभा तामाङ र छोरी ३२ वर्षीया आशा तामाङको मृत्यु भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!