सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । सङ्खुवासभाको मादी नगरपालिका-२ स्थित मायादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई काठ बोक्न लगाएपछि सबत्र आलोचना भएको छ । पठन-पाठन प्रभावित पारेर विद्यार्थीहरूलाई काठ बोक्न लगाएको भन्दै आलोचना भएको हो ।

Advertisement

केहिदिन अगाडि विद्यालयले चार कक्षामाथिका विद्यार्थीलाई काठ बोक्न खटाएको थियो । विद्यार्थीहरूले विद्यालयका शिक्षकहरूको आग्रहमा पढाइनै छाडेर काठ बोक्न गएको बताए । पढाइ नै प्रभावित पारेर विद्यार्थीहरूलाई काठ बोक्न पठाइएको प्रति अभिभावक पनि असन्तुष्ट बनेका छन् ।

विद्यालयले विद्यार्थीहरूलाई यो भन्दा अगाडि पनि यस्तो कार्यमा पटकपटक लगाउने गरेको खुलेको छ । विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ समेत रहेको अवस्थामा जानकारी बिनै विद्यार्थीहरूलाई यस्तो कार्यमा लगाउनु गलत भएको विद्यालयका पूर्वशिक्षक तथा अभिभावक अभिषेक खत्रीले बताए ।

उनले संगालोखबरसँग भने, ‘विद्यालय प्रशासनले कोहीसँग समन्वय नगरी विद्यार्थीलाई काठ बोकाउन लगाउनु गलत हो । कुनै चोटपटक लागेमा कसले जिम्मा लिन्छ । यो विद्यालयको कमजोरी हो ।’

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खड्काले पनि कमजोरी स्वीकार गरेका छन् । उनले बाध्यतावस् विद्यार्थीहरूलाई काठ बोकाएको बताए । तत्कालै काठको आवश्यकता पर्यो । अरु उपाय नै भएन ।’

उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षिका र विद्यार्थीहरूलाई काठ बोक्न लगाएको बताए । उनले भने, ‘स्वइच्छाले नै विद्यार्थीहरूले काठ बोकेका हुन । हामीले जबरजस्ती बोक्न लगाएका हैनौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!