सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा दशैंको चहलपहल सुरु भएको छ । घटस्थापनादेखि नै गाउँघरबाट किनमेल गर्न आउने ग्राहकको भीड बढ्दै गएपछि व्यापारी उत्साहित भएका छन् । यस्तै गाउँघरबाट खसीबोका बेच्न आउने व्यापारीहरू पनि बढिरहेका छन् ।

Advertisement

गत वर्षको तुलनामा यसपटक धनकुटामा दशैंको चहलपहल बढेको स्थानीय विक्रम पौडेलले बताए । केहिदिन अघिको अविरल वर्षाले केही असहज परिस्थिति निम्त्याए पनि विस्तारै जनजीवन सामान्य बन्दै गएको उनको भनाइ छ ।

यसपटक प्राकृतिक बिपद्का कारण बजारमा चहलपहल केही ढिलो सुरु भएको व्यापारीहरू बताउँछन् । स्थानीय व्यवसायी रेवतीप्रसाद अधिकारीका अनुसार गत वर्षको तुलनामा यसपटक धनकुटामा व्यापार आशालाग्दो छ । दशैंको बेला अन्य समयको तुलनामा तेब्बर व्यापार बढ्ने उनले बताए ।

वर्ष दिनको समग्र व्यापार मध्ये दशैंमा मात्रै ४० प्रतिशतको हाराहारीमा कारोबार हुने व्यापारीहरू बताउँछन् । कोरोनाले ध्वस्त पारेको व्यापार व्यवसाय अहिलेसम्म पनि सोचेजस्तो फस्टाउन नसकेको व्यापारीको भनाइ छ ।

तस्बिर : सन्तोष सुवेदी/संखालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!