सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई गाउँमै पुगेर नागरिकता प्रदान गरेको छ । साँगुरीगढी गाउँपालिका-९ र १० नम्बर वडाका छ जना अपाङ्गता भएका व्यक्तिहरूलाई नागरिकता प्रदान गरिएको हो ।

Advertisement

नागरिकता पाउनेमा साँगुरीगढी-९ आहालेका ६२ वर्षीया धनमाया राई, ५२ वर्षीया सरीमाया राई, ५३ वर्षीया ईलास राई, ४७ वर्षीया पूर्णमाया सार्की, साँगुरीगढी-१० का ५३ वर्षीय राई बहादुर राई, ५२ वर्षीया लिलामाया राई छन् । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले चाँदी बजारस्थित ९ नम्बर वडा कार्यालय पुगेर नागरिकता प्रदान गरेको हो ।

नागरिकता प्रदान गर्न साँगुरीगढी गाउँपालिका र पर्डेप नेपालले सहजीकरण गरेको थियो । शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन असहज हुने भएकाले गाउँमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

नागरिकता नहुँदा विभिन्न सेवा सुविधा पाउनबाट बञ्चित हुने भएकाले त्यसो हुन नदिन सहजिकरण गरिएको पौडेलको भनाई छ ।

नागरिकता पाएपछि अपाङ्गता भएका व्यक्तिहरू हर्षित भएका छन् । उनीहरूका अभिभावकहरूले पनि खुशी व्यक्त गरेका छन् । नागरिकता पाएपछि राज्यबाट पाउने सेवासुविधासहित स्वास्थ्य उपचारमा पनि सजिलो हुने भन्दै पूर्णमायाका बुवा कृतिमान सार्कीले खुशी व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!