सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा भीड नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म छिन्ताङको सहकार्यमा अभ्यास गरिएको हो ।

Advertisement

भिडभाड र आन्दोलनलाई ध्यानमा राखेर अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । हुलदंगालाई नियन्त्रणमा लिदाँ सकेसम्म क्षति हुन नदिने र भएमा कसरी न्यून गर्ने भनेर अभ्यासमा सिकाइएको चौधरीले उल्लेख गरे ।

प्रहरी उपरीक्षक चौधरीले भने, ‘कुनैपनि प्रकारका आन्दोलन हुनु राम्रो हैन । भइहालेमा पनि कसरी कम क्षतिमा भीड नियन्त्रणमा लिने भन्ने कुरालाई मध्यनजर गरेर अभ्यास गराइएको हो । यसले सकारात्मक भूमिका खेल्नेछ ।’

भीडलाई सम्झाउने, वार्ता गराउने, वार्ता असफल भएपछि हुने अवाञ्छित गतिविधि रोक्ने लगायतका बारेमा अभ्यास केन्द्रित थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायत सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!