सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रिबासमा बङ्गुरको कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको छ ।  राष्ट्रिय बङ्गुर अनुसन्धान अन्तरगत बङ्गुरको ताजा वीर्य सङ्कलन कार्यक्रम अन्तरगत  बङ्गुरमा गरिने कृत्रिम गर्भधारण प्रभावकारी बन्दै गएको हो ।

कृषि अनुसन्धान केन्द्र पाख्रिबासले सुरु गरेको यो कार्यले बङ्गुरको अनुवांशिक शुद्धता परीक्षणसँगै बङ्गुरपालक किसानलाई थप फाइदा पुर्याएको छ । २०७८ सालदेखि सुरु गरिएको कार्यक्रमले बङ्गुरपालक कृषकलाई समेत फाइदा पुर्याएको छ ।

Advertisement

प्रयोगशाला व्यवस्थापन पछि हप्तामा ६० वटा पोथी बङ्गुरमा कृत्रिम गर्भधारण गर्ने गरिएको छ । यस्तै बङ्गुरका विभिन्न प्रजाति माथि पनि अनुसन्धान गर्ने गरिएको छ । प्रविधिको विकाससँगै  कामलाई थप प्रविधिमैत्री बनाउन राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रम सुरु गरिएको कृषि अनुसन्धान कार्यालयले जनाएको छ ।

ललितपुरको खुमलटारबाट यहाँ सारिएको कार्यक्रमका लागि दरबन्दी अनुसार जनशक्ति नहुँदा भने समस्या हुनेगरेको छ । आवश्यक जग्गा, पूर्वाधार र उपकरणको व्यवस्था नहुँदा सोचे अनुरूप काम हुन नसकेको राष्ट्रिय बङ्गुर अनुसन्धान कार्यक्रमका संयोजक मनोजकुमार शाह बताए ।

उनका अनुसार पाख्रिबासमा कालो बङ्गुरमा गरिएको कृत्रिम गर्भाधान ८५ प्रतिशत सफल भएको छ । केन्द्रले करिब ४० वर्षअघि सेडलब्याक, फायुन र ट्यामवर्थ गरी तीन अलगअलग जातको सम्मिश्रणबाट पाख्रिबासमा कालो जातको बङ्गुर तयार पारेको थियो ।

पाख्रिबास कालो जातको बङ्गुर मासुका लागि लोकप्रिय पनि छ । तर यसको व्यवसायिक उत्पादन भने खासै हुन सकेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!