सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । तिहार नजिकिएसँगै धनकुटा नगरपालिकामा प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षीय बैठकले प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय कृषकले उत्पादन गरेको फूल बिक्री नहुने भएपछि यस्तो निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । बजार तथा पसलमा प्लाष्टिकका माला र फूल बिक्री वितरण गर्न नदिन नगरपालिकालाई अनुरोध गरिएको उनले बताए ।

Advertisement

व्यापारीलाई प्लाष्टिकका माला र फूल नबेच्न र उपभोक्तालाई पनि खरिद नगर्न उनले आग्रह गरेका छन् । प्लाष्टिकका माला र फूल बिक्री नगर्न आग्रह गर्ने र अटेर गरेमा नगर प्रहरी परिचालन गरेर नियन्त्रण गर्ने धनकुटाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।

उनले भने, ‘हामी प्लाष्टिकको माला र फूल नबेच्न भनेर सूचना पनि जारी गर्छौँ । अटेर गरेमा आवश्यक कारबाही समेत गर्ने र्छौँ ।’ धनकुटाका अधिकांश किसानले फूलको व्यवसायिक खेती गर्दै आएका छन् । प्लाष्टिकको माला र फूल विस्थापित गर्न सके कृषकले राम्रो आम्दानी गर्न सक्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!